About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेश २ को नाम ´मधेस प्रदेस`सहमति जुटाउन प्रतिपक्षी दलहरु लचक

खोज केन्द्र बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश–२ ले नामकरण गर्न सकेको छैन।  जनकपुरलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भए पनि नामकरण विवाद सुल्झन सकेको छैन।प्रदेश सरकार कार्यान्वयनमा आएको ३ फागुनमा तीन वर्ष पूरा हुँदैछ।

सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नो अडानमा कायम रहेकोले प्रदेश नामकरणमा सहमति जुट्न नसकेको हो। तर अहिले आएर स्थायी राजधानीझैं प्रदेश नामकरणमा समेत सहमति जुटाउन प्रतिपक्षी दलहरु लचक देखिएका छन्।

प्रदेशको स्थायी राजधानी र नामकरणमा सहमति जुटाउन सभामुख सरोज यादवको नेतृत्वमा बसेको संसदीय समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले आ–आफ्नो अडानबाट पछि हट्दै सहमतिको नयाँ विकल्प प्रस्तुत गरेका छन्।

समितिको बैठकमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएको प्रस्तावबाट पछि हट्दै ‘जानकी–मधेस’ नामकरण गर्न विकल्प अघि सारेका छन्। यसअघि नेकपाले प्रदेशको नाम ‘जानकी’ हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ।

यसैगरी नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले ‘मिथिला–मधेस’ नामकरण गर्न विकल्प दिएका छन्। प्रदेशसभा सचिवालयमा कांग्रेसले प्रदेशको नामकरणबारे ‘मिथिला–भोजपुरा’ प्रस्ताव दर्ता गराएको छ।

दलगत अडानबाट पछि हटेर सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुनेगरी आफूहरुले विकल्प दिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए। ‘राजधानीझैं नामकरणमा पनि सर्वसम्मति होस् भन्ने हाम्रो चाहना छ, यसैले दलगत अडानबाट पछि हटेर नयाँ विकल्प अगाडि सारेका छौं । तर सत्ता पक्षधर समाजवादी र राजपा आफ्नो अडानबाट पछि हट्न चाहेको छैन,’ उनले भने।

नामकरणबारे सहमति जुटाउन समितिको बैठक आगामी फागुन ४ गते बोलाइएको छ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]