About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
बजेटको मध्यावधि समीक्षा: बजेट र राजस्व दुबैमा घाटा

खोज केन्द्र बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले चालु आर्थिक वर्षको बजेट र राजस्व दुबैको आकार घटाएको छ । बुधबार अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार करीब १० प्रतिशत घटाएको हो ।

यो वर्ष रु. १५ खर्ब ३२ अर्ब ९६ करोड खर्च गर्ने योजनासहित सरकारले बजेट ल्याएको थियो । तर, मध्यावधि समीक्षामार्फत यसलाई घटाएर रु.१३ खर्ब ८५ अर्ब मात्र खर्च हुने अनुमान अर्थमन्त्रीले गरेका छन् ।

बजेटको आकार नै घटाउनुले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको देखाएको छ । विकास निर्माण लक्षित पुँजीगत रकमतर्फ यो वर्ष सरकारले रु. ४ खर्ब ८ अर्ब बजेट खर्च गर्ने संसदसामु प्रतिवद्धता जनाएपनि त्यसलाई संशाेधन गरेर रु. ३ खर्ब २७ अर्ब मात्र खर्च गर्न सक्ने जनाएको हो ।

पुस मसान्तसम्ममा पुँजीगत रकम खर्च कुल विनियोजनको १५.३८ प्रतिशत मात्रै छ । यसले विकासका परियोजनालाई गति दिन सरकार चुकेको संकेत गर्छ ।

अर्थ मन्त्रालयले राजस्व संकलन गर्न समेत अपेक्षित सफलता नपाउने देखिएको छ । यो वर्ष रु. ९ खर्ब ८१ अर्ब राजस्व संकलनको लक्ष्य राखिएकामा रु. ९ खर्ब ३७ अर्ब मात्रै संकलन हुने संशाेधित लक्ष्य राखिएको छ ।

मध्यावधि समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्रीले अर्थतन्त्रका अधिकांश सूचक राम्रा भएपनि केही चुनौती रहेको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]