About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
बालुवाटार जग्गा प्रकरण: पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट दायर

खोज केन्द्र बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्यािउने काममा संलग्न रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा चलाएको छ।

तर, पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई नीतिगत निर्णयमात्र गरेको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको छ। सरकार प्रमुखले गरेका नीति निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै बुधवार सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ता न्यौपानेले अख्तियारले नीतिगत निर्णय गरेको भने पनि उक्त निर्णय नीतिगत नभई कानुन विपरीतको निर्णय रहेको बताएका छन्।
सर्वोच्चले उक्त रिटको पेशी शुक्रबार तोकेको छ।

 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]