About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
रौतहट र सर्लाहीबीचको सिमा विवादका कारण बाग्मती नदीबाट नदीजन्य पदार्थ उत्खनन ठेक्का खारेज

खोज केन्द्र बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

माघ २९, रौतहट । रौतहट र सर्लाहीबीचको सिमा विवादका कारण बाग्मती नदीबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ ।

दुवै जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमतिमा रौतहट जिल्ला अदालतले बाग्मती नदीको नदीजन्य पदार्थ निकासीमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको सल्लाहमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

सिमा विवाद मिलाउनका लागि दुवै तर्फबाट स्थलगत निरिक्षण पनि भएको छ । तर विवाद नमिलेपछि हाललाई नदीबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको उनको भनाइ छ ।

स्थानीय तह गठन भएको तीन वर्षसम्म रौतहटको बृन्दावन तथा गढिमाई नगरपालिकाले बाग्मती नदीमा ठेक्का लगाउँदै आएको थियो । तर सर्लाहीको बरहथवा नगरपालिकाले चालू आर्थिक वर्षदेखि बाग्मती नदी आफ्नो सीमा क्षेत्रमा पर्ने भन्दै नदीजन्य पदार्थमा दाबी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले नदीजन्य पदार्थ उत्खननमा रोक लगाउनु अघि नै बृन्दावन तथा गढिमाई नगरपालिकाले नदीजन्य पदार्थको निकासी कर उठाउँदै आएको थियो ।

अमानतमा कर्मचारीबाट दुवै नगरपालिकाले नदीको बालुवा, गिटी, ढुंगा र बोल्डरकोे निकासी कर उठाउने गरेको थियो । तर गढीमाई नगरपालिकाको नदीजन्य पदार्थको उत्खननको ठेक्का लिएको भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामाकान्त साहले नक्कली बैंक ग्यारेन्टी पेस गरेपछि ठेक्का नै खारेज भयो ।

ठेक्का खारेज भएपछि नगरपालिकाले अमानतमा कर असुली गर्दै आएको थियो । बृन्दावन तथा गढीमाई नगरपालिकाले आन्तरिक आय स्रोतको रुपमा बाग्मती नदी रहेको छ । बाग्मती नदीको प्रमुख आयस्रोत भनेको नदीजन्य पदार्थ उत्खनन नै रहेको बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले बताए ।

नदीबाट गत वर्ष रू.२ करोड आम्दानी भएको र यस वर्ष रू.३ करोडभन्दा बढी आन्तरिक आय हुने उनको भनाइ छ । प्रत्येक वर्ष बृन्दावन नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाउँदै आएको छ । नदीजन्य पदार्थ उत्खननसँगै नगरपालिकाले माछा ठेक्का पनि लगाउने गरेको छ ।

यस वर्ष रू.२५ हजारमा नगरपालिकाले माछा ठेक्का लगाएको छ’ , नगर प्रमुख यादवले भने, ‘पर्यटन प्रर्वद्धनमा पनि नदीले सहयोग गरेको छ ।’ बृन्दावन सिमसार क्षेत्र नामाकरण गरी सौन्दर्यकरणका लागि रू.१५ लाख नगरपालिकाले खर्च गरीसकेकोे छ ।

नापी कार्यालयको नक्सामा पनि बाग्मती नदी बृन्दावन नगरपालिकामा नै पर्ने उनको दावी छ । साविक गाविसको रमौली बैरिया– १ मा बाग्मती नदी रहेको उनको जिकिर छ ।

जीपीएसका आधारमा सर्लाहीको बरहथवा नगरपालिकाले बाग्मती  नदीको केहि भू–भाग आफनो नगरपालिकाको क्षेत्रमा पर्ने दावी गर्दै आएको छ । तर जीपीएसका आधारलाई मात्र पुर्ण मान्य नहुने बृन्दावन नगरपालिकाको ठोकुवा छ ।

दुई नगरपालिकाको नदीजन्य पदार्थ उत्खननको विषयलाई लिएर सृजना भएको विवादले विकास निर्माणको काम प्रभावित मात्र भएको छैन राजस्व संकलनमा समेत थप असर परेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]