About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
नेपाली बजारमा लसुनको कारोबार ठप्प

खोज केन्द्र बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ।

काठमाडौंकाे सबैभन्दा ठूलो कालिमाटी तरकारी तथा फलफूल बजारकाअनुसार गत माघ २२ गतेदेखि लसुनको कारोबार भएको छैन।

तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ व्यापारीहरुले लसुन नै नल्याएको बताउँछन्।

नेपाली बजार चिनियाँ लसुनले ढाक्ने गर्छ। तर, गत माघ १९ मा नेपाल र चीनबीच हुने दुई देशिय व्यापार १५ दिनका लागि बन्द भएपछि लसुनको आयात रोकिएको हो। चीनमा कोरोना भाइसरको संक्रमण फैलियसँगै चिनियाँ नाका बन्द गरिएको हो।

आयात रोकिएपछि लसुनको व्यापार गर्ने व्यापारीहरुले लसुनको कारोबार बन्द गरेका छन्।

कारोबार बन्द हुनुपूर्व लसुनको मुल्य आकासिएको थियो। प्राय नेपाली बजारमा २ सय ५० को आसपास हुने लसुनको मूल्य पुसको अन्तबाट एक्कासी बढेको थियो।

माघ ७ मा ३ सय ५५ रहेको लसुनको मूल्य भोलिपल्टै एक सय रुपैयाँ बढेर प्रतिकेजी ४ सय ५५ रुपैयाँ पुग्यो। माघ १६ मा ६ सय ४५ पुगेको लसुन कालिमाटी बजारबाट कारोबार भएको अन्तिम दिन माघ २२ मा प्रतिकेजी ६ सय ३५ मा कारोबार भएको थियो। यो लसुनको खुद्रा मूल्य हो।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]