About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
विश्वकप लिग टुमा अमेरिका विरुद्ध नेपालले शानदार जित

खोज केन्द्र बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

कीर्तिपुरमा जारी एक दिवसीय विश्वकप लिग टुमा अमेरिका विरुद्ध नेपालले शानदार जित निकालेको छ ।

नेपालका स्पिनर चम्किदा अमेरिका ३५ रनमै समेटिएको थियो । जवाफी ब्याटिङमा नेपालले दुई विकेट गुमाउँदै ५.२ ओभरमै लक्ष्य भेटायो । नेपालका लागि पूर्व कप्तान पारस खड्काले २०, दीपेन्द्रसिं ऐरीले १५ र ज्ञानेन्द्र मल्ले एक रन जोडे । सुवास खकुरेलले भने खाता खोल्न सकेनन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालले ३५ रनमा अमेरिकालाई रोक्दै १६ वर्ष अगाडि श्रीलंकाले बनाएको विश्व कीर्तिमानको बराबरी गरेको छ ।

२५ अप्रिल २००५ मा श्रीलंकाले जिम्बाबेलाई ३५ रनमा रोक्दै सवैभन्दा कम योगफलमा समेटेको थियो । १५ वर्ष पछाडि बुधबार अमेरिकालाई १२ ओभरमै अलआउट गर्दै ३५ रनमा रोकेपछि विश्व कीर्तिमान बनाएको हो । त्यसअघि सन् २००३ मा श्रीलंकाले नै क्यानडालाई ३६ रनमा रोकेको योगफल सवैभन्दा कम थियो ।

अमेरिका विरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारी चम्किएका थिए ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दीपले ६ विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ६ विकेट लिए । सुशन भारीले तीन ओभरमा ५ रन दिएर चार विकेट लिए । सुशनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

६ विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी बने । यसअघि सोमपाल कामीले ५ विकेट लिएका थिए । सोमपालले ३३ रन खर्चिएर पाँच विकेट लिएका थिए ।
तीन ओभर बलिङ गरेका करण केसीले भने एक मेडन सहित १३ रन खर्चिए ।

सन्दीप र सुशन चम्किए पछि अमेरिका १२ ओभरमै अलआउट भयो । अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन जोडे । अन्य ब्याट्सम्यानले ५ रन समेत बनाउन सकेनन् ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो
धनुषाको बिदेह नगरपालिकामा झुलुङे पुल निर्माण

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]