काठमाडौं । राजपा नेपालले प्रदेश २ को मुख्यमन्त्रीका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई अगाडि बढाउँदै छ ।
नेकपा र राजपाको सहमतिमा अब बन्ने प्रदेश २ सरकारमा सोनललाई मुख्यमन्त्री बनाउने योजना रहेको स्रोतको दाबी छ ।
राजपा नेपाल प्रदेश २ को संसदीय दलको निर्वाचन गर्ने तयारीमा छ । राजपा नेता महन्थ ठाकुरले एक पत्र लेख्दै प्रदेश २ मा जितेन्द्र सोनललाई संसदीय दलको नेता तोकेका छन् । सोनल अहिले प्रदेश २ सरकारको भौतिक पूर्वाधारमन्त्री हुन् ।
नेकपा र राजपाको बन्ने नयाँ गठबन्धनको प्रदेश सरकारमा सोनललाई मुख्यमन्त्री बनाउन संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने तयारी पार्टीमा छ ।
राजपाले संसदीय दलको नेताको निर्वाचन अहिलेसम्म गरेको छैन । राजपाका सांसदले संसदीय दलको नेताको निर्वाचन माग गर्दै अध्यक्षमण्डललाई अनुरोध गरिसकेका छन् ।