अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं स्थापना दिवस सम्माननीयराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा माघ २८ गते विभिन्नकार्यक्रम गरी भव्यरुपमा सम्पन्न भएको छ ।
राष्ट्रपतिबाटस्वतन्त्र संवैधानिक निकायको रुपमा स्थापित अख्तियार दुरुपयोग अनुसन्धानआयोगका कामकारबाहीहरूबाट राज्यप्रदत्त सेवा र सुविधाहरू सरल र सहज रुपमाप्राप्त हुने व्यवस्था सुनिश्चित गर्न, विनियोजित स्रोत साधनको सदुपयोगगर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पुग्नेअपेक्षा व्यक्त गर्दै वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएको बताउनुहुँदै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवम् सरोकारवाला सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको उल्लेख गर्दै सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले भ्रष्टाचारलाई समाजको महारोगको संज्ञा दिँदै भ्रष्टाचार विरुद्धको कारबाहीमा आयोगले हालका दिनहरुमा गरेका कार्यहरु तथा देखाएको क्रियाशिलताको प्रशंसा गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुमा सरकारले कुनै पनि हस्तक्षेप तथा प्रभाव नपार्ने स्पष्ट पार्दै वर्तमान सरकारको मनशाय नै यस्ता संवैधानीक निकायहरुको स्वतन्त्रता रहेको बताउनुहुँदै आगामी दिनमा भ्रष्टाचार विरूद्धकोअभियानमा थप सफलता प्राप्त होस् भनी आयोगलाई शुभकामना समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख आयुक्त नवीन कुमार घिमिरेले संविधान र कानूनले सुम्पेको जिम्मवारीअनुरुप भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माण गर्नेतर्फ सार्थक योगदान पुर्याकउनु नै आयोगको उद्देश्य भएको बताउँदै आयोग प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक विधिमार्फत् उद्देश्य प्राप्तितर्फ क्रियाशील रहेको कुरा निवेदन गर्दै आगामी दिनमा अझै दक्षता र प्रभावकारिताका साथ कार्यसम्पादन गर्नका लागि आयोगले हालै मात्र आफ्नो संस्थागत रणनीतिक योजना कार्यान्वयनमा ल्याई उक्त रणनीतिक योजना अनुरुप उल्लेखित तीन रणनीतिका अतिरिक्त संस्थागत क्षमता विकासलाई चौथो रणनीतिका रुपमा अंगिकार गरी प्रविधि, जनशक्ति र पूर्वाधार विकासमा जोड दिएको बताए ।
आयोग रहरले नभई बाध्यताले अनुसन्धान कार्यमा प्रवेश गर्ने बताउँदै भ्रष्टाचार हुन नपाओस् भन्ने मनशायले आयोगले निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिमा जोड दिएको कुरा उल्लेख गरे ।
भ्रष्टाचार हुनुभन्दा अगावै रोकथाम गर्नु सबैभन्दा राम्रो रणनीति भएको तथ्य मनन गरी सार्वजनिक निकायहरूबाट नीति, पद्धति र सदाचारिताका आधारमा कार्यसम्पादन भएमा भ्रष्टाचारको रोकथाम हुनसक्ने बताउँदै सार्वजनिक सेवाप्रवाह र सार्वजनिक खरिदका कार्यहरू पूर्णतया कानूनी मापदण्ड र प्रक्रियाका आधारमा सञ्चालन भएमा धेरै हदसम्म भ्रष्टाचार हुनबाट रोक्न सकिने हुँदा आयोगले समन्वय र सहजीकरणका विभिन्न प्रयासहरुमा जोड दिंदै आएको बताए ।