About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
प्रदेश नं. २मा स्वास्थ्य नीति मस्यौदा तयार

कार्यदलद्वारा सरकारलाई हस्तान्तरण

खोज केन्द्र मंगलबार, माघ २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, माघ २८ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा  सरकारलाई हस्तान्तरण गरेको छ ।
समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. राम केवल साहले समाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गर्नु भएको हो ।
कार्यदलले तैयार पारेको मस्यौदामा प्रदेश न. २को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नु पर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुर्नसंरचना लगायतको विषयहरु समेटिएको छ ।
उक्त समारोहमा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तैयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्ग दर्शक हुने विश्वास व्यक्त गर्नु भयो । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्नु हुँदै उहाँले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले स्वास्थ्य नीतिको मस्यौदा तयार भए झै सरकारलाई अगामी दिनमा काम गर्न सबै क्षेत्रको नीति बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले अगामी दिनमा सरकारले यस मस्यौदालाई प्रारम्भीक आधार बनाएर आफनो नीति तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गर्नु भयो ।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा , नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितका वक्ताहरुले मस्यौदा माथि आ–आफनो विचार राख्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]