जनकपुर, २८ माघ । जनकपुरको राम स्वरुप राम सागर बहुमुखी (राराब) क्याम्पसका प्रध्यापकहरु फर्जि हाजिर तलब खादै आएको रहस्य बाहिर आएको छ ।
कलेजका बिद्यार्थीहरुले पठन पाठनको मांग गर्दै राराब क्याम्पसको हाजिरी रजिष्टर चेकजांच गर्दा प्रध्यापकहरु फर्जि हाजिर गरी तलब भत्ता खांदै आएको खुलेको हो ।
माघ २८ गते मंगलबार राराब क्याम्पसमा शिक्षक इन्द्रदेव यादवले क्याम्पस नै नआई हाजिरी गरेपछी प्रध्यापकहरुको नियम बिपरीत हाजिरी गर्दै निजि क्याम्पसमा लिप्त भई मालामाल हुंदै आएको बिद्यार्थीहरुको दाबी छ ।
एक समयमा राराब क्याम्पसको मुलुक भरीकै उत्कृष्ट थियो । तर पछिल्लो समय कलेजका प्रध्यापकहरु सरकारीमा एकै दिन महिना भरको हाजिरा गरी निजि कलेजमा काम गर्ने गरेको क्याम्पसका बिद्यार्थी गौतम यादबले बताए ।
कलेजको प्रध्यापक तथा चिफको गैर जिम्मेवारी कामले कलेजको अवस्था दिनानु दिन ध्वस्त हुंदै गएको बिद्यार्थी नेता प्रशान्त झाले बताए ।
कलेजमा प्रध्यापकहरु गैर कानूनी हाजिरी प्रति बिरोध प्रदर्शन समेत गरेका छ्न । उनीहरुले फर्जि हाजिर भएको प्रती घोर विरोध फर्जि गर्दै छानबिनको मांग गरेका छन ।