About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
म संग भिजन छ, म गर्छु : मुख्यमन्त्री राउत

खोज केन्द्र मंगलबार, माघ २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, माघ २७ । म संग भिजन छ, म गर्छु मुख्यमन्त्री लालबाबु राउतले भने – मुलुकको अन्य प्रदेस वा केन्द्र सरकारले के गर्छ । त्यससंग आफुलाई कुनै मतलब छैन । 

समाजिक रुपान्तरणको लागि सबै पक्षबाट सामूहिक प्रयास आवश्यक रहेको भएपनि सरकारी निकायबाटै बिभेद हुदै आएको बताए ।

मुलधार महिला सेवा केन्द्र उदयपुरले आज जनकपुरमा आयोजना गरेको दोस्रो राष्ट्रिय बेटी सम्मेलनको उद्घाटन गर्दै  मुख्यमन्त्री राउतले बेटीलाई मुलधारमा ल्याउनलाई प्रदेस लोक सेवा र प्रहरी भर्नामा ५०% महिला आरक्षण गर्ने योजना रहेको बताए । 

समाजमा पछाडी परेका महिलाहरुलाई मुल धारमा ल्याउन सबै पक्षलाई आ –आफनो तह बाट सहयोग गर्नु पर्ने उल्लेख गरे । महिलाहरुको सशक्तिकरणको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु हुँदै प्रदेश सरकारले ल्याएका योजनाहरु बाट केही वर्ष भित्रै प्रदेश २का महिलाहरु सशक्त रुपमा अगाडी आउने दावी समेत गरे । 

मुलधार महिला सेवा केन्द्रका अध्यक्ष नजबुल खातुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देश भरि बाटै प्रतिनिधिमुलक महिलाहरुको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा एसिड पिडित मुस्कान खातुन, महिला अभियानी इन्द्रा थापा, पुष्पा यादब लगायतलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]