About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
मेयरबाट पिडित अधिकृत: १ सय २० जना अधिकृत अझै अलपत्र

खोज केन्द्र सोमबार, माघ २७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् ।

लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय तहमा पठाएको थियो । त्यसरी पठाइकामध्ये स्थानीय तहमा पद नभएपछि १ सय २० जना अधिकृत केन्द्रमा नै फर्कन बाध्य भएका हुन् । उनीहरू अधिकृतको पत्र लिएर कहिले स्थानीय तहमा त कहिले केन्द्रीय निकायमा भौंतारिन विवश छन् । अलपत्र परेका अधिकृतको समाधानका लागि केन्द्र सरकार र स्थानीय तह दुवैले चासो नदिएको उनीहरूको गुनासो छ ।

यसअघि स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अधिकृतको माग गरी लोकसेवा आयोगलाई पदपूर्ति गर्न भनेको थियो । सोहीअनुसार आयोगले पदपूर्ति गरे पनि आयोगको पदपूर्ति प्रक्रिया सकिनुअगावै स्थानीय तहका ती रिक्त पदमा अन्य कर्मचारी समायोजन भएकाले समस्या आएको हो ।

स्थानीय तहबाट फर्कन विवश भएका १ सय २० जना अधिकृतले आफूहरूको उचित व्यवस्थापन हुनुपर्ने माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । लोकसेवाबाट नियुक्ति पाएको महिनौं बितिसक्दा पनि उनीहरूले हाजिर गर्न पाएका छैनन् । स्थानीय तह र सामान्य प्रशासन मन्त्रालयको गम्भीर लापारवाही र त्रृटिका कारण आफूहरू अलपत्र पर्नुपरेको उनीहरूले बताएका छन् ।

लोकसेवाबाट विज्ञापन भएका पदहरूमा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको समायोजन गर्न नहुने र ती पदमा समायोजन भएका कर्मचारीलाई फिर्ता गर्नुपर्ने माग उनीहरूको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले अलपत्र परेका अधिकृतको व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको बताए । उनीहरूलाई स्थानीय तहकै अन्य रिक्त स्थानमा पठाउने तथा उनीहरूको पदमा समायोजन भएकालाई फिर्ता गरी सोही पदमा पठाउने भन्ने विकल्पबारे छलफल भइरहेको बरालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]