About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रेम विवाह बीचमा नै रोकियो

खोज केन्द्र आइतबार, माघ २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतको कर्नाटकमा एउटा विवाह बीचमा नै रोकिएको छ। विवाह रोकिनुको कारण निकै रोचक छ। वास्तवमा दुलहाका परिवारलाई दुलहीले लगाएको साडी मन नपरेपछि विवाह रोकिएको हो।

यहाँ याद गर्नुपर्ने कुरा के छ भने यी दुईको प्रेम विवाह हुँदैथियो। घटना बुधबारको हो। हासन जिल्लाका २९ वर्षका दुलहा बीएन रघुकुमार अहिले फरार छन्।

हासनका एसपी श्रीनिवास गौडाले भारतीय संचार माध्यमसँग गरिएको कुराकानी अनुसार रघुकुमार र बीआर संगीता विगत एक वर्षदेखि प्रेममा थिए। यी दुईले विवाह गर्ने निश्चित गरे। परिवारबीच पनि सहमती भयो। बुधबार जब केही विधि अपनाइँदैथ्यो तब संगीताको साडी रघुकुमारका आमा–बुवालाई उनको साडी मन परेन।

उनीहरुलाई साडीको क्वालिटी खराब लाग्यो जसका कारण संगीतालाई साडी परिवर्तन गर्न भनियो। यो तिलजस्तो विषय पहाड बन्यो र दुलहाका आमा–बुवा रिसाए। उनीहरुले बिहिबार हुने विवाह रद्द गरे र छोरालाई घरबाट भगाइदिए।

पुलिसले रघुकुमारविरुद्ध धोकाको मुद्दा दर्ता गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]