About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
गरिबको चपेटामा प्रदेश २, गरिबी दर करिब ४८ प्रतिशत

खोज केन्द्र आइतबार, माघ २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ। प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत छ। गास, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ।

प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७.९ प्रतिशत छ। नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ।

बहुआयामिक गरिबीमा प्रदेश २ दोस्रो नम्बरमा छ। आर्थिक गरिबी दर प्रदेशमा २७.७ प्रतिशत छ। नेपालको समग्र आर्थिक गरिबी २५.२ प्रतिशत छ।

आर्थिक गरिबी दरमा प्रदेश २ तेस्रो नम्बरमा छ। मानव विकास सूचकांकमा भने पुछारमा रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

आयोगका अनुसार समग्र नेपालमा शून्य.४९० मानव विकास सूचकांकको दर रहे पनि प्रदेश २ को ०.४२१ प्रतिशत छ। ‘यसले प्रदेश धेरै पछाडि परेको देखाउँछ’, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले भने, ‘प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर आर्थिक गरिबी घटाउने लक्ष्य लिएको छ।’ पञ्चवर्षीय योजनाको आधारपत्रमा २७.७ प्रतिशत आर्थिक गरिबीलाई आगामी पाँच वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्य छ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]