About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
मनपरी उत्खनन अझै रोकिएन

खोज केन्द्र आइतबार, माघ २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र
सरकारले चुरे क्षेत्रमा नदीजन्य सामग्रीको उत्खनन रोकेको वर्षौं भइसकेको छ । तर, मनपरी उत्खनन अझै रोकिएको छैन । सर्लाहीको चुरे क्षेत्रमा कतै एस्क्याभेटरले उत्खनन भइरहेको छ भने कतै स्थानीयले ट्र्याक्टरमा ढुंगा ओसारिरहेका छन् ।

चुरेमा अवैध उत्खनन भए पनि स्थानीय तह मूकदर्शक छन् । पालिकाका प्रमुखहरूले उत्खनन नियन्त्रणको प्रयास गरेको प्रतिक्रिया दिँदै आए पनि प्रयास सफल हुन सकेको छैन ।
जथाभावी खोला उत्खननले बाढीपहिरोको जोखिम बढेको छ । कतिपय स्थानीय तहले विकटताका कारण चुरेको अवैध उत्खनन चुनौती बनेको प्रतिक्रिया दिएका छन् ।

बुधबार चुरे निरीक्षणको क्रममा पुगेका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले चुरेको विकटताले अवैध उत्खनन रोक्न नसकिएको बताए । यस क्षेत्रमा डन प्रवृत्ति हावी भएकाले स्थानीय जागरुक भए मात्र दोहन रोक्न सकिने उनको तर्क छ ।
गत जेठमा प्रदेश स्तरीय प्राकृतिक स्रोतसाधन तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डल सहितको टोलीले अध्ययनको क्रममा स्थानीय तहले ठेक्का लगाएको सर्लाहीका विभिन्न खोलाहरूमा मापदण्ड विपरीत उत्खनन भइरहेको निष्कर्ष निकालेको थियो ।

यस्तै, जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले मंगलबार दिउँसो हरिवनस्थित पटौना खोलामा खनिरहेको अवस्थामा दुईवटा एस्क्याभेटर र दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
टोलीले उक्त सवारीसाधनलाई कारबाहीका लागि हरिवन नगरपालिकामा बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले खोलामा उत्खनन गरिरहेको फेला पारेपछि सवारीसाधनलाई नियन्त्रणमा लिएको बताए ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]