About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
जीतपुर सिमरामा झण्डै ६०० बिघा जग्गा अतिक्रमण

खोज केन्द्र शनिबार, माघ २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

माघ २५, वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा रहेको गार्मेन्ट प्रोसेसिङ जोन (जीपीजेड) का लागि छुट्याइएको जग्गामध्ये झण्डै ६०० बिघा जग्गा अतिक्रमणमा परेको छ ।

८६६ बिघा क्षेत्रफलमा फैलिएको जीपीजेडको हाल करीब ६०० बिघा क्षेत्रफल अतिक्रमणमा परेको बताइएको छ । ती जग्गा अतिक्रमण गरेर स्थानीयवासीले खेतीपाती गर्ने र घरटहरा बनाएर बसोबास गर्ने गरेको जीपीजेडका सहायक इञ्जिनीयर अजयकुमार चौधरीले बताए ।

वीरगञ्ज चिनी मिलको मातहतमा रहेको सो जग्गा तत्कालीन सरकारले उद्योग मन्त्रालय अन्तर्गत ल्याएको दशकौं बितिसक्दा पनि संरक्षणतर्फ कुनै चासो नदेखाउँदा उक्त जग्गा अतिक्रमणमा परेको इञ्जिनीयर चौधरीको भनाइ छ ।

विभिन्न जिल्लाबाट बसाइँसरी आएका मानिसले जिपिजेडका सो सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाएको र खेतीपाती गर्ने गरेका छन् । उनीहरुले करीब ५०० बिघामा खेतीपाती गर्ने गरेको र करीब ३०० बिघा क्षेत्रफलमा बस्ती बसाएर बसोबास गर्दै आइरहेका  छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, १४, १५ र १६ मा फैलिएको सो जीपीजेडको ब्लक नं ए को १६५ बिघाबाहेक अधिकांश जग्गा स्थानीयवासीले अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन् । यसरी जीपीजेडकै जग्गा अतिक्रमण गरी सो ठाउँमा करीब ७०० भन्दाबढी घरधुरीले बसोबास गर्दै आइरहेको पाइएको छ ।

उद्योग मन्त्रालयले ए ब्लकको ३४३ बिघा जग्गामध्ये १६५ बिघा जग्गामा उद्योग स्थापनाका लागि आवश्यकपर्ने पूर्वाधार निर्माण गरिरहेको छ भने अन्य बाँकी ब्लकमा रहेको जग्गामा स्थानीयवासीले अवरोध गरेपछि पर्खाल लगाउने काम प्रभावित भएको छ ।

विसं २०२१ मा वीरगञ्ज चिनी कारखानाले स्थानीयवासीलाई प्रतिकट्ठा रू.१ हजार ५०० का दरले मुआब्जा दिएर सो जग्गा अधिग्रहण गरी सो ठाउँमा चिनी मिल सञ्चालन गरेका थिए । कारखाना सञ्चालनमा रहेकै अवस्थामा कारखानाले ५३ मजदूर परिवारलाई प्रतिपरिवार छ कट्ठाका दरले जग्गा दिएर बसोबास गराएका थिए ।

तर विसं २०५९ सालमा चिनी कारखाना बन्द भएको मौकाछोपी ५३ परिवारले आफ्ना आफन्तलाई धादिङ, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाबाट बोलाएर सो जग्गा अतिक्रमण गर्न लगाएको कार्यालयले बताएको छ ।

विसं २०५२ तिर जिल्ला प्रशासन कार्यालय बाराले बाढीपीडित ३५ घरधुरीलाई सो जग्गामै बसोबास गराएको  थियो । सो मौका छोपी तिनीहरुले जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका छन् । अहिले पनि बसोबास गर्ने क्रम रोकिएको छैन । अहिले सो ठाउँमा करीब ६०० घरधुरी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अतिक्रमित जग्गा खाली गराउन सेज व्यवस्थापनलाई निर्देशन दिएको र सम्बन्धित मन्त्रीलाई समेत जानकारी गराइएको बताए ।  रासस

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]