About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
मिटरब्याजपीडितहरूद्वारा मलंगवामा विरोध प्रदर्शन

खोज केन्द्र शनिबार, माघ २५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

मिटरब्याजपीडितहरूले  जिल्ला सदरमुकाममा मलंगवामा विरोध प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम मलंगवा पुगेका पीडितहरूको र्‍यालीले मलंगवा बजार परिक्रमा गरेको हो । मिटरब्याजी साहुपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पुगेका पीडितले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।

मिटरब्याजपीडित रवीन्द्र कुसवाहको नेतृत्वमा पुगेको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पत्र तत्काल मन्त्रालयमा पठाइदिने प्रतिबद्धता व्यक्त गरे । ज्ञापनपत्रमा मिटरब्याजपीडितहरूले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्रमा यस किसिमको सामन्ती प्रवृत्ति कायम रहेको भन्दै न्यायका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यसअघि जुलुसमा सहभागी पीडितहरूले ‘मिटरब्याजमा ठगी गरेको आरोपमा पक्राउ परेका रामबाबु रायलाई कडा कारबाही गर, ठगिएका गरिबको जग्गा फिर्ता गरजस्ता नारा लगाएका थिए । जुलुसमा राष्ट्रिय सभाका सांसद राधेश्याम पास्वानसहित नेकपाका नेता डाचाँराज वाग्ले, कमल बुढाथोकीलगायत पनि सहभागी थिए । जुलुसपछि आयोजना गरिएको कोणसभालाई पीडितका तर्फबाट रवीन्द्र कुसवाह र निर्गुण राय तथा राजनीतिक दलका स्थानीय नेताहरू दाताराज वाग्ले, कमल बुढाथोकी, रामहरि कोइराला, रामविश्वास राय, रामबाबु सिंहलगायतले पनि पीडितको पक्षमा समर्थन जनाउँदै न्यायका निम्ति सघाउने प्रतिबद्धता जनाएका थिए ।

रायमाथिको अनुसन्धान सकियो आइतबारबाट बहस

प्रहरी नियन्त्रणमा रहेका सर्लाहीको बरहथवा नगरपालिका १७ सीतापुरका रामबाबु रायलाई प्रहरीले शुक्रबार अदालतमा बुझाएको छ । रायविरुद्धका मुद्दाको सम्पूर्ण प्रहरी छानबिन सकेर सरकारी वकिललाई बुझाइएको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । प्रहरी अनुसन्धानमा आरोपी रामबाबु रायविरुद्ध २८ जना पीडितले २० करोड ४४ लाख रुपैयाँबराबरको बिगो दावीसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । अझै केही पीडितले डरकै कारण जाहेरी नदिएको प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ । प्रहरीले रायलाई जिल्ला अदालतमा पेस गरेको भए पनि समय अभावको कारण आइतबारबाट मात्र रायको बहसको सुरु हुने जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले बताए ।

सञ्जय रौनियार अझै फरार

यही अभियोगका अर्का अभियुक्त सञ्जय रौनियार अझै पक्राउ पर्न सकेका छैनन् । रौनियारविरुद्ध पनि जिल्ला प्रहरी कार्यालयमा बिगो दावीका निवेदन परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । ‘रौनियरको खोजी भइरहेको छ,’ उनले भने, ‘कागजी प्रक्रियाअगाडि बढाएका छौँ ।’ रौनियार नेपालमै नरहेकाले कारण पक्राउ गर्न समय लागेको उनको भनाइ थियो । ‘हामी रोनियार पक्राउको नजिक पुगिसकेका छौँ,’ उनले भने ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]