About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
बालुवाटार जग्गा प्रकरणमा तत्कालीन राज्यमन्त्री सञ्जय टक्कला ´कनेक्सन`

खोज केन्द्र शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

बालुवाटार स्थित ललिता निवास प्रकरणमा तत्कालीन राज्यमन्त्री सञ्जयकुमार साहले आफूले राज्यमन्त्रीको हैसियतमा मात्र हस्ताक्षर गरेकोबाहेक अन्य कुनै कसुर नगरेको दाबी गरेका छन्। 

अख्तियारले लिएको बयानका क्रममा तत्कालीन राज्यमन्त्री साहले यस्तो दाबी गर्दै आफ्नो संलग्नता अस्वीकार गरेका हुन्। 

राज्यमन्त्री साहले अख्तियारसमक्ष गरेको बयान जस्ताको तस्तै

२०६६ सालमा राज्यमन्त्री भएको हुँ। मन्त्रिपरिषदबाट निर्णय भइ कार्यान्वयनको चरणमा रहेको जग्गाको विषयमा मानवीय त्रुटि तथा भुलवश भएको गल्ती सच्याउने भनी उपप्रधानमन्त्री समक्ष मन्त्रिपरिषदमा पेश गर्न उपप्रधानमन्त्रीज्यूबाट निर्णय हुनका लागि उपप्रधानमन्त्री समक्ष मन्त्रिपरिषदमा पेश गर्न उपप्रधानमन्त्रीज्यूबाट निर्णय हुनको लागि उपप्रधानमन्त्रीसमक्ष तत्कालीन सचिवले किटान रायसहित म समक्ष पेश गरेकोमा मेरो कुनै आफ्नो राय नराखी उपप्रधानमन्त्रीसमक्ष उक्त फाइल प्रक्रियाबमोजिम पठाइदिएको हो।

उक्त मिसिलमा मिति २०६७/३/२७ मा राज्यमन्त्रीको हैसियतले गरेको हस्ताक्षर मेरो हो। यस सम्बन्धमा मुख्य निर्णय पहिले नै भैसकेकाले सो निर्णय सच्याउनका लागि सचिवले रायसहित पेश गरेकाले आफूले कुनै निर्णय राय नदिइ उपप्रधामन्त्रीसमक्ष उक्त फायल पेश गरिदिएको हो। सुरुको निर्णय प्रकृया बारेमा मलाई केही जानकारी आएको थिएन। मेरो कुनै संलग्नता पनि छैन।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]