धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका नेता कार्यकर्ता जोगाएर कांग्रेस नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको भन्दै कैलालीमा विरोध भएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले अख्तियारलाई प्रभावमा पारेर आफ्ना नेता जोगाएको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।
बिहीबार साँझ नेविसंघ कैलालीले मशाल जुलस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो।
उसले अख्तियारले सरकारको प्रभावमा परेर तत्कालीन प्रधानमन्त्री माधव नेपाल तथा जग्गा लेनदेन प्रकरणमै मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई जोगाएको तर विपक्षीलाई खोजीखोजी फसाउन खोजको आरोप लगाएको छ।