जनकपुर, २३ माघ । निर्माण ब्यबसायी तथा ठेक्केदारहरुले धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।
नगरपालिकाका मेयर रामबाबु यादव तथा प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको भन्दै तालाबन्दी गरेका हुन ।
नगरपालिका र मिथिला कन्ट्रक्सन बिच कमला खोलाबाट बालुवा तथा ढुंग्गा उठाउनका लागि ६० लाखमा सम्झौता भएको छ । यद्द्पी मेयर यादव, ईलाका प्रहरी कार्यालयका निरिक्षक तिर्थ कार्की सहित धनुषा प्रशासनले सम्झौता बिपरित गतिबिधि गरेको ठेक्केदारको गुनासो छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ चिसापानी र सिरहाको कर्जन्हा १ स्थित कमला खोलाको बगरमा स्टक गरिएको ढुँगा, बालुवा, जेसिबीद्वारा लोड गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले टिपर, जेसिबीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो।
नगरपालिका र प्रहरी प्रशासनको लापरवाही ले काम गर्न समस्या उत्पन्न भएको ठेक्केदार यादवले बताए । नगरपालिकाको सम्झौता बमोजिम ठेक्का रकम समेत बुझाई सकेकाले काम गर्न नदिए उक्त रकम फिर्ता गर्नु पर्ने उनीहरुको मांग छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तिर्थ कार्कीले चार टिपर, एक जेसिबी र तीन टिपरका चालकलाई पक्राउ गरिएको जनाए। नगरपालिकाले आह्वान गरेको टेन्डर बमोजिम आफुले ठेक्का सम्झौता गरी काम गर्दा प्रहरी प्रशासनले अबरोध ठेक्केदार अजय यादवले बताए ।
प्रहरीले बा.२ क २९८७ नम्बरको जेसिबी, ना.२क २८४, ना.२क २७८, भे.१ख २९३९ र बा.३ख ७६०० नम्बरको टिपरसहित चार जनालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि जिल्ला समन्वय समितिमा बुझाए लगत्तै पक्राउ परेका चार जना छुटे ।
जिल्ला समन्वय समितिमा बुझाइए लगत्तै खोलाको उत्खनन् नगरेको भन्दै चारै जनालाई छाडिएको छ ।
बा.२ क २९८७ नम्बरको जेसिबीका चालक सिरहाको कर्जन्हा नगरपालिका २ बस्ने ३८ बर्षीय राजकुमार राउत, ना.२क २८४ नम्बको टिपरका चालक धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २४ बर्षीय पुण्यप्रसाद यादव, ना.२क २७८ नम्बरका टिपर चालक धनुषाकै मिथिला नगरपालिका २ बस्ने ३० बर्षीय गोपाल महतो, भे.१ख २९३९ नम्बरको टिपर चालक महोत्तरीको वर्दिवास नगरपालिका १ बस्ने ३३ बर्षीय रामु महतोलाई छाडिएको हो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव यादवका अनुसार उनीहरु खोला उत्खनन् गरिरहेका थिएनन् । ‘खोला उत्खनन् गरेको नदेखिएकाले उनीहरुलाई छाडिएको छ’ यादवले भने, “उनीहरु स्टोर गरेर राखिएको ढुँगा लिन मात्रै पुगेका थिए ।’
थुपारिएको ढुंगा ल्याउन पुगेका टिपर, जेसीबी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर जिम्मा लगाएकोमा चालकहरुलाई रिहा गरिएपनि टिपर र जेसीबी नियन्त्रणमा नै रहेको यादवले बताए ।