महोत्तरी, २३ माघ । प्रदेश २ को भौतोक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र राजपाका वरिष्ठ नेता महन्थ ठाकुरले सडक र पुलको स्थलगत निरिक्षण गरेका छन ।
राजपा अध्यक्ष मण्डल को सदस्य माननीय महन्थ ठाकुर, प्रदेस २ सरकार को भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल र समाजिक बिकास राज्यमन्त्री अभिराम शर्माद्वारा महोत्तरीको जङ्गहा नदि मा पुल लगायत विभिन्न सडकको निरीक्षण गरेका हुन ।
पुल बनाउने काम र सडक निर्माणको कार्य तादरुकता का साथ अगाडि बढाउन मन्त्रालयको सडक महाशाखा को कर्मचारीलाई मन्त्री सोनल को निर्देशन दिएका छन ।
विकास निर्माण काममा ढिलाई हुंदा आमजनतालाई आवतजावतमा समस्या खेप्नु परेकाले समय सिमा भित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन ।