About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
भेडाहा खोलामा निर्मित पुल सञ्चालनमा ल्याउन महानगरपालिकाले बल्ल पहल

खोज केन्द्र बिहिबार, माघ २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगञ्ज । ठेकेदारले समयमा काम पूरा नगर्दा पुल अलपत्र परेका समाचार पर्याप्त सुन्न पाइन्छ । वीरगञ्जमा ठेकेदारले समयमै तयार पारेको एउटा पुल सरोकारका निकायले विवाद मिलाउन नसक्दा २ वर्षसम्म सञ्चालनमा आउन सकेको छैन ।

वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित भेडाहा खोलामा निर्मित पुल सञ्चालनमा ल्याउन महानगरपालिकाले बल्ल पहल थालेको छ । बेलवा र मुसैली बस्तीलाई जोड्ने ७० मिटर लामो पुल सञ्चालनमा आउँदा सातओटा बस्तीका बासिन्दालाई आवागमन सहज हुने महानगरका प्रमुख विजयकुमार सरावगीले बताए ।

पुलको दुवैतर्फ सम्पर्क सडकमा स्थानीय बासिन्दाको निजी जग्गा परेको छ । पुल तयारी अवस्थामा भए पनि पुललाई जोड्न दुवैतर्फ जग्गा उपलब्ध नभएकाले सञ्चालनमा आएको छैन ।

मुआब्जा नपाएसम्म बाटो बनाउन नदिने अडान उनीहरूको थियो । तर, जनप्रनिधिको आग्रहमा उनीहरू बाटोका लागि जग्गा दिन सहमत भएका छन् ।
पर्सा संसदीय क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, महानगरपालिका प्रमुख सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले स्थानीयसँग मंगलवार छलफल गरेका थिए । बाटोका लागि जग्गा दिन स्थानीय बासिन्दा सहमत भइसकेको सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले बताए ।
पुल सञ्चालनमा आएपछि त्यसको लाभ स्थानीयले नै पाउने भएकाले मुआब्जा नपाए पनि बाटोको लागि जग्गा दिन सहमत भएको स्थानीयले बताएका छन् । यसअघि सडक विभागले मुआब्जा दिने बजेट नभएको भन्दै आलटाल गर्दै आएको थियो । अब करीब ८०० मिटर बाटो निर्माण गरी पुल सञ्चालनमा ल्याइने सरावगीले बताए ।

जनप्रतिनिधिको रोहवरमा सहमति भएपछि सञ्चालनको बाटो खुलेको योगेशले बताए । पप्पु÷समा जेभीले २०७१ असारमा ठेक्का लिएकोमा तोकिएको समय सीमाभित्रै निर्माण गरेका थिए ।

साढे ७ करोड रुपैयाँको ठेक्का सकिए पनि बाटोको विवादका कारण हस्तान्तरण हुन सकेको थिएन । पुल हस्तान्तरण नहुँदा भुक्तानीसमेत रोकिएको र मर्मतसम्भार अवधि सकिए पनि जोखिम नसकिएको पप्पु कन्स्ट्रक्शनका सञ्चालक सुमित रौनियारले बताए । स्थानीय जग्गाधनीले मुआब्जा माग गर्दै अदालतमा मुद्दा दिएका थिए । विभागसँग मुआब्जा दिने बजेट नभएकाले १ वर्षअघि नै महानगरलाई समन्वयका लागि पत्र लेखिएको थियो । पर्साको विश्रामपुरस्थित ढोगई खोलाको पुलमा यस्तै अवरोध थियो । बहुदरमाई नगरपालिकाले विवाद मिलाएर पुल सञ्चालनमा ल्याइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]