ज्यान मार्ने उद्योगमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडा अध्यक्ष रामप्रसाद यादवलाई जिल्ला अदालतले ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ।
प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पुर्याएका यादवलाई जिल्ला अदालतले बुधबार ४५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो। यादवको बुधबार नै बयान र थुनछेक बहस भएको थियो।
अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले यादवलाई ४५ हजार धरौटीमा छोड्न आदेश दिएको जानकारी दिए। यादवविरुद्ध शिवप्रसाद यादवले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए।
मुद्दा उनी जनप्रतिनिधी चयन हुनुपूर्वको हो। यादवको बयान चलिरहेको बताए । यादव राजपाबाट निर्वाचित वडा अध्यक्ष हुन्।