About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने अभियुक्त अख्तियारद्धारा किटान, मन्त्रीबाट: बिजय गच्छदार,डम्बर श्रेष्ठ,चन्द्रदेव जोशी माथि मुद्दा दायर

कर्मचारी तथा सचिवबाट: दिप बस्न्यात,छबिराज पन्त,दिनेशहरी अधिकारी लगायत संलग्नमाथि कारबाहीको माग

खोज केन्द्र बुधबार, माघ २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ।

उक्त जग्गा व्यक्तिका नाममा गर्ने कार्यमा संलग्न ३ पूर्व मन्त्री र ३ पूर्व सचिवसहित १७५ जनाविरुद्ध मुद्दा अख्तियारले मुद्दा दायर गरेको हो।

जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्वसचिवहरु दिपकुमार बस्न्यात, दिनेशहरि अधिकारी र छविराज पन्तसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्तसमेत हुन्।

विशेष अदालतका सूचना अधिकारी इन्द्रकुमार अधिकारीले अख्तियारको आरोपपत्र अदालत आइपुगेको र रुजु गर्ने काम भइरहेको बताए।

ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि अनुसन्धान गरेर केही दिन पहिले प्रतिवेदन बुझाएको थियो।

यसअतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध पनि अख्तियारले मुद्दा दायर गर्ने भएको छ।

त्यस्तै, चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय अख्तियारले गरेको छ। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियारले यी आरोपीहरुविरुद्ध मुद्दा चलाउने भएको हो।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]