जनकपुर- अख्तियार दुरुपयोग आयोग बर्दिवासले जनकपुर भन्सार कार्यालयका एक कर्मचारीलाई डेढ लाख घुस सहित पक्राउ गरेको छ ।
भन्सार कार्यालय जनकपुरमा कार्यरत नायक सुब्बा अहमद रजा अन्सारीलाई अख्तियारको टोलीले सोमवार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।
अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट गएको टोलीले एक लाख ५० हजार घुससहित सोमबार साँझ पक्राउ गरेको हो ।
नासु अन्सारीलाई सेवाग्राहीबाट घुस लिइसकेका अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रवत्ता हरि घिमिरेले जानकारी दिएका छन् ।