जनकपुर – जनकपुरका चर्चित ब्यापारी धर्मेन्द्र साहलाई तत्कालै रिहाको माग गर्दै यूथ एक्सन फोर्सले जनकपुर बन्द गराउने भएको छ ।
प्रहरी प्रशासन र केही पत्रकारको मिलोमतोमा यूवा ब्यापारीलाई फसाउने काम भएकाले चक्का जाम गर्न लागिएको यूथ एक्सन फोर्सका अध्यक्ष प्रसान्त झाले जानकारी दिए ।
साहलाई अभिलम्ब रिहा गर्नु पर्ने मांग गर्दै यूथ एक्सन फोर्सले प्रदर्शन गर्दै भानु चौकमा चक्का जाम गर्ने चेतावनी दिएको छ । उनीहरुले साहलाई यथासिघ्र रिहा नगरे जनकपुर बन्द गर्ने चेतावनी दिए ।
एक अ्मर्यादित पत्रकारको किटानी जाहेरी पछि प्रहरीले व्यापारी साहलाई धम्काउदै आएपछि जनकपुर उद्दोग बाणिज्य संघको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेपछि नियन्त्रणमा लिएको थियो ।