About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
‘मेमोरी कार्ड’ को लागि धनुषामा महिलाको हत्या

खोज केन्द्र सोमबार, माघ २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम – मोबाइलमा लाग्ने ‘मेमोरी कार्ड’ को लागि विवाद हुँदा धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको औरही गाउँपालिका–२ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको परिवारका सदस्यहरु मिलेर हत्या गरेका हुन्।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चिन्तामणीका श्रीमान् अनिलकुमार पासवान, ससुरा राधाकृष्ण पासवान, सासु कुमला पासवान र नन्द पुनिता पासवानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले मोबाइलको मेमोरीका लागि नन्द पुनितासँग विवाद भएको निहुँमा सबैले मिलेर चिन्तामणीको हत्या गरेको दाबी गरे। उनको घाँटी थिचेर हत्या भएको बस्नेत बताए।

‘मेमोरीको लागि विवाद हुँदा परिवारका सबै सदस्यले घाँटी थिचेर चिन्तामणीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बस्नेतले भने, ‘हत्या गरेपनि अपराध लुकाउन उनीहरुले झुण्डिएको भनेर हल्लासमेत फैलाए। पछि उपचार गराउन भन्दै अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याए।’

घटना भएको दिन शनिबार प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएको भनेपनि चिन्तामणीका परिवारका सदस्यहरु त्यहाँबाट फरार भएको एसपी बस्नेतले बताए। प्रहरीले कुमला र पुनितालाई जनकपुरधाम–४ पेठिया बजारबाट तथा राधाकृष्ण र अनिललाई धनुषाको जनकनन्दनी गाउँपालिका–२ बलहा टोलबाट पक्राउ गरेको उनले जानकारी दिए।

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]