About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकियो, प्रदेशको नाम मधेश प्रदेश पक्का

खोज केन्द्र आइतबार, माघ १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर– प्रदेशको नाम तथा राजधानी टुंगो लगाउन गठित सर्वदलीय संसदीय समितिले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोक्ने विषयमा सर्वसम्मतिले निर्णय गरेको छ।

समितिले उक्त निर्णय गरेको समितिका संयोजक समेत रहेका प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले जानकारी दिए।

‘राजधानीको चार किल्ला तोकेर प्रदेश २ को राजधानी जनकपुरधाम तोक्ने विषयमा समितिका पदाधिकारीबीच सर्वसम्मति भएको छ,’ सभामुख यादवले भने।

प्रदेशसभाले नै विभिन्न दलको सहभागितामा गठन गरेको समितिमा राजधानीको विषयमा फरक मत राखेकाहरूले प्रस्ताव फिर्ता लिएपछि सर्वसम्मति भएको संयोजक यादवले जानकारी दिए।

प्रदेश २ को राजधानीको केन्द्र जनकपुरधाम तोकेर उत्तरमा ढल्केबर, दक्षिणमा धनुषाको सीमा क्षेत्र, पश्चिम तथा पूर्वमा मध्यमा मिथिला परिक्रमा क्षेत्रलाई तोकेर जनकपुरधाम राजधानी तोक्ने सहमति भएको सभामुख यादवले जनाए।

राजधानीको टुङ्गो लागेपछि नामको विषयमा पनि चाडै संसदीय समितिमा प्रवेश गराएर निर्णय लिने यादवले बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेश बाहिर रहेको हुँदा उनी आउनेबित्तिकै प्रदेशको नाममा पनि छलफल अगाडि बढ्ने उनले बताए।

प्रदेश २ को नामको विषयमा भने दलहरू बीच फरक मत देखिएको छ।

मधेश केन्द्रित दलहरुले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने अडानमा छन् भने नेकपा जानकी र नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला हुनु पर्ने अडानमा छन्।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]