बुधवार नेकपा र राजपाबीच भएको २ बुँदे सहमतिमा प्रदेश नम्बर २ अन्तर्गतका ४ सीटमध्ये २/२ सीट बाँड्ने उल्लेख गरिएको छ ।
सहमतिपत्रमा नेकपाका तर्फबाट अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
नेकपा र राजपाबीच सहमति हुँदा सत्ता साझेदार दल समाजवादी पार्टीलाई भने वेवास्ता गरिएको छ ।