About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
वीरगन्जमा विद्यार्थी र प्रहरीबीच झडप, चार विद्यार्थी घाइते

खोज केन्द्र शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज पर्साको बहुदरमाई नगरपालिकामा शुक्रबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा चार विद्यार्थी घाइते भएका छन्।

विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै शुक्रबार दिउँसो नगरपालिका कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो।

प्रहरीको लाठी चार्जबाट बहुदरमाई-३ नगरदाहाको महावीर साह माविको ९ कक्षामा अध्ययनरत सन्जयकुमार तुरहा, ९ कक्षाकी सुनिताकुमारी पटेल, ९ कक्षाका अजय साह तुरहा र ७ कक्षाका शेषनागप्रसाद यादव घाइते भएका छन्।

घाइते विद्यार्थीहरूको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ। उनीहरूको टाउको र खुट्टामा गहिरो चोट लागेको नारायणी अस्पतालको आकस्मिक कक्षका डाक्टर सुशीलकुमार साहले जानकारी दिए।

झडपमा नगरपालिका कार्यालयका कर्मचारी कमलेश यादव पनि घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको छ।

विद्यार्थीले नगरपालिका कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै नगरपालिका कार्यालयमा तोडफोड गर्दै एउटा मोटरसाइकलमा आगजनी पनि गरिदिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो।

आगजनीबाट नरपालिका कार्यालयको ना१ब २९०६ नम्बरको पल्सर मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ। विद्यार्थीहरूले नगरपालिका कार्यालयभित्र रहेका कम्युटर, प्रिन्टर, टेबुल कुर्सीलगायतका फर्निचर पनि तोडफोड गरिएको छ।

गत भदौदेखिको तलब भत्ता नपाएकोले विषयगत शिक्षक र शिक्षिकाहरू विद्यालयमा आउन छाडेका थिए। यसअघि शिक्षकको समस्याबारेमा विद्यार्थीहरुले विद्यालय प्रशासनलाई जानकारी गराएका थिए।q

तर, विद्यालय प्रशासनले तलब-भत्ता निकासाका लागि सिफारिस पत्र दिएर नगरपालिका कार्यालयमै जान अनुरोध गरेपछि १ सय ५० विद्यार्थीहरु शुक्रबार नगरपालिका पुग्दा कार्यालयमा मेयर, उपमेयर र कोही कर्मचारीहरू नभेटेपछि झन् आक्रोशित भएका थिए।

नगरपालिकाका उपमेयर गायत्रीदेवी यादवले विभिन्न माग लिएर आएका विद्यार्थीहरूको प्रदर्शन उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको बताइन्।

विद्यार्थीमाथि लाठी चार्ज हुनु दुःखद् भएको भन्दै उनीहरूको माग छिट्टै सम्बोधन हुने उनले बताइन्।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]