About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
विप्लवको उर्दी : ‘एक करोडसम्म चन्दा ठिक पार्नु’

ईश्वर तामाङ बुधबार, पौष ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र
उदयपुर । नेत्रविक्रम चन्द समूहको चन्दा आतकको गतिविधिका कारण स्थानीय जनप्रतिनिधि, निर्माण ब्यवसायी, उद्योगी, गैससहरु आतंकीत भएका छन । सबैजसो स्थानीय तहका जनप्रतिनिधिलाई चन्दा माग्नुका साथै निर्माण ब्यवसायी, गैससहरुलाई ठुलो धनरासीको चन्दा माग गरिएको पत्र आउँन थालेपछि आतंक बढेको हो ।

पालिका प्रमुख र उपप्रमुखलाई मात्र नभएर आफूहरूलाई समेत चन्दा दिन उर्दी गरेको वडाध्यक्षहरूले बताएका छन । प्रायः सबै जनप्रतिनिधि तथा कर्मचारीलाई चन्दा मागेका छन । रौतामाई गाउँपालिका एक वडाध्यक्षले भने, ‘यस्तै हो भने अब गाउँमा बाँच्न गाह्रो छ । चन्द समूहका कार्यकर्ताले टेलिफोन र भेटेरै चन्दा माग्ने गरेको ती वडाध्यक्षले बताए । उदयपुरको चार गाउँपालिका र चार नगरपालिका छन । स्थानीय प्रशासन भने यसको बारेमा जानकारी नआएको बताउँछन ।

केही दिन अघि मात्र जनपरिषदको नाममा बिज्ञप्ती निकालेर वन जन्य पदार्थ कटान तथा निकासीमा रोक लगाउँदै मारुती सिमेन्ट उद्योगलाई चुनढुंगा सप्लाई गर्ने शिव ओम मल्टी पर्पोज कम्पनी, कटारी नगरपालिका– ८ स्थित चुनढुगा खानी रहेको सौर्य सिमेन्ट उद्योग र कटारी नगरपालिका– ८ र उदयपुरगढी गाउँपालिकामा चुनढुंगा खानी रहेको कसमस सिमेन्ट उद्योगलाई तत्काल खानी उत्खनन् र ढुवानी बन्द गर्न चेतावनी दिएको छ ।

त्यसैगरी धरान – चतरा – गाईघाट – कटारी – सिन्धुली हुदै हेटौंडा मदन भण्डारी स्मृति लोकमार्गका निर्माण गर्न स्थापना भएको त्रियुगा नगरपालिका– ७ चुहाडेस्थित क्रसर, चौदण्डीगढी नगरपालिका– २ लामा खोलामा र कटारी नगरपालिका– ५ भोर्ले साँगुरीमा स्थापना भएको क्रसरलाई तत्काल बन्द गर्न भनिएको छ । सडक निर्माण कम्पनी जेईसिई लामा शर्माले स्थापना गरेको हो ।

उनीहरुलाई जनपरिषद नेपाल उदयपुरको संयोजक नरसिंहले हस्ताक्षर गरेको बिज्ञप्तीमा जनाएको छ । यहाँका ब्यवसायीहरुलाई १ लाख देखि करोड रुपैया सम्म चन्दा माग गरिएको छ । निर्माण कम्पनीलाई कुल लागतको २ देखि ५ प्रतिशत रकम माग गरेको एक निर्माण ब्यवसायीले जानकारी दिए । जिल्लामा हुने हरेक आर्थिक गतिबिधिमा उनीहरुले चन्दा माग गरेको छ । चन्दा नदिएमा वा बेवास्ता गरेमा जस्तो सुकै कारबाही हुने चेतावनी दिएको छ । यस्तो परिस्थितिको जिम्मेवार स्वायम सम्बन्धित सरोकारवाला हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]