About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
घुँगीको लोकप्रियता बढेसँगै माग बढ्यो

खोज केन्द्र शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

माघ १० परासी । थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ ।

घुँगीको लोकप्रियता बढेसँगै पछिल्लो समय पश्चिम नवलपरासीमा यसको माग बढ्न थालेको छ । माघीलगायतका विभिन्न पर्वहरुमा लाग्ने मेला महोत्सवमा घुँगीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार विक्री वितरण गर्न थालिएपछि व्यावसायिकरूपमा यसको माग बढेको हो । जिल्लामा विभिन्न स्थानमा थारू समुदायले सञ्चालन गरेका होटलमा घुँगी विशेष आकर्षणको रूपमा रहन थालेको छ । घुंँगीको माग बढ्दै गएको तर व्यावसायिक उत्पादन कम रहेकाले माग पूरा गर्न हम्मेहम्मे परिरहेको व्यवसायीको भनाइ छ ।

गाउँघरमा हुने धान खेत, दलदले हिलो, पोखरी, कुलो तथा सीमसार क्षेत्रमा पाइने एक प्रकारको शंखे कीराजस्तै हुने घुँगी र सिपुहीलाई माछासँगै व्यावसायिकरूपमा पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने रामग्राम–१२ कशियास्थित थारू कटेजका सञ्चालक आशिष चौधरीले बताए ।

उनले भने, ‘पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू मात्र छैनन्, अन्य समुदायले समेत यो रुचाउन थालेका छन्, माग धेरै भएकाले ‘सिजन’बाहेक अन्य समयमा भारतीय बजारबाट मगाएर व्यावसाय सञ्चालन गर्नुपरेको छ ।’

यहाँ तयारी घुँगी प्रतिप्लेट रू. १३० मा क्रिी हुने गरेको छ । नेपालमै घुँगीको व्यावसायिक उत्पादन हुन सके यसको व्यापार फस्टाउने उनको भनाइ छ । कम लगानीमा लाखौँको व्यापार गर्न सकिने भएकाले माछापालनसँगै घुँगीपालन गर्न सके विदेश पलायनका साथै भारत जाने लाखौँ रकम पनि रोक्न सकिने रामग्राम–१२ कै दयानन्द चौधरी बताउछन् ।

बुटवललगायत जिल्ला बाहिरबाट पनि घुँगीको माग आउन थालेको तर पूर्ति गर्न नसकिएको रामग्राम–५ का मीनबहादुर सिंह (थारू)ले बताए । घुंँगी खानाले प्रचुरमात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठिक हुने विश्वास गरिन्छ । शरीर दुखेको, मर्केको, भाँचिएको समेत ठिक हुने थारूको भनाइ छ । उनले भने, ‘मैले ढाड दुख्दा, हातखुट्टा मर्किँदा घुँगी नै खाएर ठिक पार्ने गरेको छु ।’

घुंँगी र सिपुही प्राकृतिकरूपमै पाइने एक प्रकारको जीव भए पनि यो विस्तारै तराईमा लोप हुँदै गएको छ । खेतबारीमा किसानले विभिन्न प्रकारका रासायनिक मल र झार मार्ने औषधिहरु खेतमा हाल्ने गर्दा घुँगी संकटमा परेको छ ।

सरावल गाउँपालिका–६ गडौरीका चाँदमणि चौधरीले पोखरी नै बनाएर माछासँगै घुँगी र सिपुहीपालन गर्नुभएको छ । असार/साउन महिनामा खेतमा पाइने स–साना घुंँगी ल्याएर पोखरीमा हाल्दा माछासँगै माछाको दाना खाएर घुँगी पनि हुर्कने हुँदा कम लगानीमा धेरै उत्पादन हुने थारूले बताए ।

‘असार महिनामा पालेको घुंँगी असोजबाट खानयोग्य हुन्छ र पुस महीनासम्ममा सबैभन्दा ठूलो हुने भएकाले राम्रो आम्दानी हुन्छ’, उनले भने । रामग्राम नगरपालिका–१८ आशा चौधरीका अनुसार घुँगीको परिकार बनाउन विशेष जानकार नै हुनुपर्छ । रासस

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]