About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
सभामुखका उम्मेदवार अग्नि सापकाेटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट

खोज केन्द्र शुक्रबार, माघ १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सभामुखका उम्मेदवार अग्नि सापकाेटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट परेकाे छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत रहेका सभामुख पदका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको हाे। अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दर्ता गरेका हुन्।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा अदालतमा सापकोटाविरुद्ध विचाराधिन मुद्दा रहेकै अवस्थामा उनलाई नेकपाले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गराउन लागेको आरोप लगाउँदै त्रिपाठीले उनलाई सभामुख निर्वाचित हुनबाट रोक्न र कानूनी कारवाही अघि बढाउन तत्काल पक्राउ गर्नुपर्ने जिकिर गरेका छन्। साथै त्रिपाठीले उनलाई सभामुख निर्वाचित गराउने प्रक्रिया रोक्न पनि अदालतको आदेशको माग गरेका छन्।

सापकोटाविरुद्ध अदालतमा विचाराधिन मुद्दा अघि बढाउने वा नबढाउने भन्नेबारे अदालतले माघ २२ गतेका लागि पेशी तोकेको छ।

नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि आफ्नै कार्यालयमा कार्यरत महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा असोज १४ गते पदमुक्त भएपछि रिक्त रहेको सभामुख पदका लागि सापकोटाको मात्रै एकल उम्मेदवारी परेको छ। जसमाथि प्रतिनिधिसभामा आइतबार निर्णय हुँदैछ।

सापकोटालाई सभामुख पदका लागि नेकपाले अघि सारेपछि विभिन्न मानव अधिकारवादी संघ संस्थाले उनको विरोधमा सडकमा प्रदर्शन जारी राखिरहेका छन्।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]