About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
राष्ट्रियसभा १८ जना सांसद चुनिए (सूचिसहित)

खोज केन्द्र बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

राष्ट्रियसभा सदस्यको बिहीबार भएको निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। १८ पदका लागि बिहीबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो ।

मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ ।

निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

बिहीबार नै मतगणना सकिएको छ।

प्रदेश–१ मा नेकपाका सबै उम्मेदवार निर्वाचित भएका छन्। गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अछामी पूर्वमन्त्री हुन्। अछामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भए। अछामीले ६ हजार ३ सय ३० मत पाउँदा प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २ हजार ७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मत पाए।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मत पाएको आयोगले जनाएको छ। अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मत पाए।

यसअघि प्रदेशबाट नेकपाका खेम नेपाली, हरिचरण सिवाकोटी र कांग्रेसकी सरिता प्रसाईं राष्ट्रियसभामा सदस्य रहेका थिए । उनीहरूको कार्यकाल गोलाप्रथाबाट दुई वर्षे तोकिएको थियो ।

प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भइन्। निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरे ।

प्रदेश दुईको दलित कोटाबाट नेकपा(राजपा गठबन्धनका राधेश्याम पाशवान विजयी भएका छन्। उनले नेपाली कांग्रेस–समाजवादी गठबन्धनका रामप्रित पाशवानलाई पराजित गरे।

राधेश्यामले ५२९२ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रामप्रितले ४७०४ मतभार पाए।

अन्यतर्फ राजपाका मृगेन्द्र यादव विजयी भए । अल्पसंख्यकतर्फ राजपाकै शेखरकुमार सिंह निर्वाचित भए।

उता, गण्डकी प्रदेशबाट अन्य समूह र महिला सदस्यमा क्रमशः नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भए।

नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरे।

यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरिन्।

दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनैजना उमेदवार विजयी भएका छन्। सत्तारुढ दल नेकपाबाट अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्।

दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए। उनले दाङको निर्वाचन क्षेत्र नं। ३ को (क) मा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए।

रुकुमबाट निर्वाचन पूर्व बसाइसराइँ गरेर तुलसीपुर झरेका उनी नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माका आफन्त पनि हुन् । शर्मा नेकपा प्रदेश नं ५का सचिव पनि हुन्।

राष्ट्रिसभाका तीनजना सदस्य पदका लागि नौजनाबीच प्रतिपर्धा भएको थियो। नेकपा र कांग्रेसबाट समान तीन–तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाले उमेदवारी दिएका थिए ।

कर्णाली प्रदेशमा अन्यतर्फ नेकपाका माया प्रसाद शर्मा र महिलातर्फ नेकपाकै सुमित्रा बिसी विजयी भए।

विजयी उम्मेदवारहरु

इन्दिरा गौतम
गोपी अछामी
देवेन्द्र दाहाल

तुलसा दाहाल
राधेश्याम पासवान
मृगेन्द्र यादव
शेखरकुमार सिंह

गंगा बेलवासे
वेदुराम भुसाल

नारायणकाजी श्रेष्ठ
भगवती न्यौपाने

विमला घिमिरे
जगप्रसाद शर्मा
गोपाल भट्टराई

माया प्रसाद शर्मा

सुमित्रा बिसी

शारदा भट्ट

तारामान स्वार

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]