About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा नेकपाका तीनै जना उम्मेदवार बिजयी

खोज केन्द्र बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

तीन सदस्य पदकालागि प्रदेश एकमा नेकपा, कांग्रेस र समाजबादी दलका तीन तीन गरि नौ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरेका थिए

प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा नेकपाका तीनै जना उम्मेदवार बिजयी भएका छन् ।

प्रदेश राजधानी विराटनगरस्थित बिरेन्द्र सभागृहमा बिहीबार सम्पन्न निर्वाचनबाट नेपकपाका गोपीबहादुर अछामी, देबेन्द्र दहाल र इन्दिरा गौतम बिजयी भएका हुन् ।

अछामी दलित, ईन्दिरा महिला र दहाल अन्य कोटाबाट प्रतिस्पर्धा गरी बिजयी भएका हुन् ।

महिलातर्फ नेकपाकी गौतमले ६ हजार ४ सय २६ मत प्राप्त गरिन् । प्रतिस्पर्धी कांग्रेसकी मिना पुलामी मगरले २ हजार ६ सय २२ र समाजवादीकी कमला बडहीले २ सय ६४ मत पाइन् । दतिलतर्फका गोपीबहादुर अछामीले ६ हजार ३ सय ३० मत ल्याए । प्रतिस्पर्धी कांग्रसका निरबहादुर विश्वकर्माले २ हजार ७ सय १८ अनि समाजवादीका ज्ञानकुमार परियारले २सय ६४ मत पाए ।

अन्यतर्फ नेकपाबाट देबेन्द्र दहालले ६ हजार २ सय ३४ मत ल्याएर बिजयी भए । प्रतिस्पर्धी कांग्रेसका राजेन्द्रकुमार घिमिरेले २ हजार ६ सय ६६ र  अनि समाजबादीका  भरतराज दहालले २ सय ६४ मत पाए ।

१४ जिल्लाका १ सय ३७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २ सय ७४ र प्रदेश सभाका ९३ प्रदेश सांसद गरि जम्मा ३ सय ६७ जना मतदाता छन् । जसको मतभार ९ हजार ३ सय ९६ छ । उक्त मतमध्ये नेकपा एक्लैको बहुमत अर्थात ६ हजार २ सय ५८ र कांग्रेसको २ हजार २ सय ३२ र अन्यको ९ सय ६ मत रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]