महोत्तरीमा संचालनमा रहेको ५० भन्दा वढी क्रसर तथा बालुवा वासिंग सेन्टरमध्ये अधिकांशको आवश्यक कागजात पुरा नरहेको तथा मापदण्ड भित्र नचलाइएको अनुगमनमा देखिएको समन्वय समिति प्रमुख सिंहले वताए ।
उनले यसैको लागि समेत गत आर्थिक वर्षदेखि हालसम्म दर्ता भएका क्रसर उद्योग तथा वासिंग सेन्टर दर्ता गर्न स्थानीय निकायबाट भएको सिफारिस मापदण्ड बमोजिम भए नभएको समेत अनुगमन उपसमितिले छानविन गरि अनुगमन समितिमा प्रतिवेदन दिनु पर्ने छ ।
प्रतिवेदनपछि गलत प्रकृयाबाट अनुमति लिएकाहरुको अनुमति खारेजीका साथै कार्बाहीको प्रकृया समेत अगाडी वढाईने उनले बताए ।