About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
सहुलियतपूर्ण कर्जा कृषि क्षेत्र केन्द्रित, सहुलियत ऋण वितरण नगर्ने बैंकलाई जरीवाना गर्ने

खोज केन्द्र बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

शीप भएका तर पूँजी नभएका महिला, युवा तथा विदेशबाट फर्किएका लगायतका बेरोजगारलाई स्वरोजगार बनाउन सरकारले ब्याज अनुदानमा ल्याएको सहुलियतपूर्ण कर्जा कृषि क्षेत्र केन्द्रित भएको छ ।

गत मंसिर महिनामा बैंकहरूको उठ्न बाँकी (आउटस्टाण्डिङ) यस्तो ऋण साढे ३९ अर्ब रूपैयाँ रहेकोमा व्यावसायिक कृषिमा ३८ अर्ब रूपैयाँ छ  । यो कुल सहुलियतपूर्ण कर्जाको ९६ दशमलव ४७ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले कृषिबाहेकका अन्य शीर्षकमा पनि सहुलियतपूर्ण कर्जा गत असार मसान्तको तुलनामा बढी रकम देखिएपनि त्यो निकै कम छ ।

पछिल्लो समय सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७६ को दोस्रो संशोधनले कपडा उद्योग सञ्चालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट तालीम लिन समेत कर्जा प्रवाह गर्न थप व्यवस्था गरेको थियो । तर ती शीर्षकमा बैंकहरूबाट अझै कर्जा प्रवाह भएको देखिँदैन ।

यसअघि बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह प्रभावकारी रूपमा नगरेको केन्द्रीय बैंकमा गुनासो आएको थियो । यस्तो गुनासो आउन थालेपछि केन्द्रीय बैंकले दोस्रो पटक कार्यविधि संशोधन गर्दै बैंकहरूले कृषि तथा पशुपन्छी कर्जाबाहेकका अन्य कर्जामा संख्या तोकेरै अनिवार्य कर्जा प्रवाह गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार कृषिबाहेकका अन्य कर्जा शीर्षकमा प्रत्येक वाणिज्य बैंकले ५००, विकास बैंकले २०० र वित्तीय संस्थाले १०० जना ऋणीलाई अनिवार्य कर्जा प्रवाह गर्नुपर्छ । तर यो व्यवस्था पनि अझै कार्यान्वयनमा आउन सकेको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा केन्द्रीय बैंक,  बैंकर्स एशोसिएशनका पदाधिकारीसँगको छलफलमा सरकारले ल्याएको सहुलियत कर्जा सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भनी टिप्पणी गरेका थिए । साथै डा. खतिवडा र नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतीजा आउने गरी काम गर्न बैंकहरूलाई निर्देशन दिएका थिए ।

बैंकरहरू भने आफूहरूले सहुलियतपूर्ण कर्जा सक्दो प्रवाह गरेको दाबी गर्छन् । कर्जा लिने ऋणीले राम्रो व्यावसायिक प्रस्तावका साथै आवश्यक कागजात लगायत नल्याउने कारणले प्रस्ताव गरेका सबैलाई कर्जा दिन नसकिने उनीहरू बताउँछन् । कृषिमै केन्द्रित कृषि विकास बैंकले सहुलियतपूर्ण कर्जाअन्तर्गत २ हजार ५०० लाई करीब रू. ५ अर्ब लगानी गरेको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बताउँछन् । उनले कृषि विकास बैंक सहुलियतपूर्ण कर्जा प्रवाहमा अग्रणी रहेको दाबी पनि गरे ।

कृषि विकास बैंकले पहिलेदेखि दिएको कृषिकर्जालाई समेत जोडेर सहुलियतपूर्ण कर्जाको अंक निकालेको बताउँदै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले यो अत्यन्त न्यून भएको उल्लेख गरे । उनले भने, ‘त्यसैले कृषि विकास बैंकले यसबारे  गम्भीर भएर सोच्न र अझ बढी ऋण प्रवाह गर्नुपर्छ ।’ सहुलियत कर्जा सरकारले ल्याएको लोकप्रिय कार्यक्रम भएको र यसमा जाने कर्जा नेपाल सरकारले सुरक्षण गरिदिएको बताउँदै उनले सुरक्षणवापतको ७५ प्रतिशत दस्तुर नेपाल सरकारले बेहोरिदिएको बताए । उनले भने, ‘यो कर्जाका लागि सरकार ग्यारेन्टी बसेको छ । तैपनि  कर्जा वितरणको स्थिति अत्यन्तै दयनीय छ ।’ उनले असारभित्र अन्य शीर्षकमा तोकिएअनुसारको ऋण वितरण नगरेको देखिए नेपाल राष्ट्र बैंकले त्यस्ता बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक जरीवाना गर्ने पनि बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]