काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त एक तिहाइ पदको लागि भोलि बिहीबार निर्वाचन हुँदैछ । मुलुकका सातै प्रदेशमा विहान १० बजेदेखि साँझ ४ बजेसम्म हुन गइरहेको निर्वाचनमा ४५ जनाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभामा रहेका कूल ५९ सदस्यमध्ये १८ जना निर्वाचित सदस्यको पदावधि सकिन लागेकाले रिक्त हुने पदको पूर्तिका लागि आयोगले बिहीबार निर्वाचन गर्न लागेको हो ।
निर्वाचनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ । सो केन्द्रमा प्रदेशसभा सदस्यततर्फ ९३ र स्थानीय तह सदस्यतर्पm २८४ गरी ३६७ जना मतदाता छन् ।
यसैगरी प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनलाई मतदानस्थल तोकेको छ । सो केन्द्रमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तह सदस्यतर्पm २७२ गरी ३७९ जना मतदाता छन् ।
बागमती प्रदेशमा भने ललितपुर महानगरपालिका–४ वडासमितिको भवनमा मतदान स्थल कायम गरिएको छ । सो केन्द्रमा प्रदेश सभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।
यस्तै गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीलाई मतदान स्थल तोकिएको छ । सो स्थानमा प्रदेश सभा सदस्यतर्प ६० र स्थानीय तह सदस्यतर्फ १७० गरी २३० जना मतदाता रहनेछन् ।
यसैगरी प्रदेश ५ मा दाङ स्थित घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान हुनेछ । सो स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २१८ गरी ३०५ जना मतदाता रहेका छन् ।
कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान हुनेछ । सो केन्द्रमा प्रदेश सभा सदस्यततर्फ ४० र स्थानीय तह सदस्यतर्फ १५८ गरी १९८ जना मतदाता रहेका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशमा डोटी स्थित सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । सो स्थानमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १७६ गरी २२९ जना मतदाता रहेका छन् ।
सातैवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तह सदस्यतर्प १ हजार ५०६ गरी कूल २ हजार ५६ जना मतदाता रहने आयोगले बताएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।
प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुई दुई जना, प्रदेश ५ मा महिला,अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई दुई जना गरी कुल १८ जना राष्ट्रियसभा सदस्य निर्वाचन मार्फत निर्वासिचत हुने छन् ।
निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।