About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
उखु किसानहरुको रकम समयमा भुक्तानी नदिने सुगर मिल्सको आर्थिक कारोबार रोक्का

खोज केन्द्र बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर- तीनवटा सुगर मिल्सको आर्थिक कारोबार रोक्का हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानहरुको रकम समयमा भुक्तानी नदिएको भन्दै उनीहरुको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न विभागमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएको छ । हालसम्म पनि ती उद्योग मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।

ती सुगर मिलले उखु किसानसँग माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरे पनि अहिलेसम्म किसानको बक्यौता तिरेका छैनन् ।

सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो। लुम्बिनी सुगर मिलका सञ्चालक मनिष अग्रवालको मृत्यु भएको छ ।

अब कसले मिल चलाउने भन्नेमा मन्त्रालय नै बेखबर रहेको बताइएको छ । अन्नपूर्ण र इन्दिरा सुगर मिल राकेश अग्रवालको हो । राकेश भने अझै मन्त्रालयको सम्पर्कमा आएका छैनन्।

मन्त्रालयले सोमबार गृह मन्त्रालयलाई सम्पर्कमा नआएका सुगर मिलका सञ्चालकलाई सम्पर्कमा ल्याउनको लागि आग्रह गर्दै पत्रसमेत पठाइसकेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]