About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
पूर्व राष्ट्रपति डा. यादबको प्रश्न : क्रसर माफिया र प्रहरी प्रशासनको साँठगाँठ कहिले सम्म ? चुरे दोहन छिट्टो रोक !

स्व.दिलिपको नाममा प्रतिष्ठान स्थापना

खोज केन्द्र बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । अवैध खोला दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलिपकुमार महतोको १३ औँ दिनको पुण्यतिथिमा चुरे क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

बृक्षारोपण कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादव लगायत सयौं जनाको सहभागिता रहेको थियो । बृक्षारोपन पश्चात महतोको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पूर्व राष्ट्रपति डा.यादवले चुरे फँडानी तथा अवैध दोहनविरुद्ध सचेत युवा र तिनै तहका सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

सरकारले पटक–पटक विकासको नाममा जंगल मासेर राजमार्ग विस्तार गर्न लागेकोमा उनले आपत्ति समेत जनाए । ‘सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा दिएको छ । तर, वन मासेर पानी तल जाँदैछ । पानी अभावले खेतीपाती कम भएको छ । उत्पादन घटेको छ, खानै पाएन भने कसरी सुखी हुन सकिन्छ,’ उनले प्रश्न गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले दिलीपको हत्याले समाजलाई ठूलो क्षति भएको बताउँदै सरकारले दोषीलाई तुरन्त पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए । श्रद्धाञ्जली सभामा समाजवादी पार्टीका उपनेता एवं प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरण बचाउन सबै जनाले आ–आफ्नो तर्फबाट योगदान दिन आवश्यक रहेको बताए ।

यसैबीच,पूर्व राष्ट्रपति डा.यादवले अवैध उत्खनन विरुद्धका अभियन्ता स्व.दिलिप महतोको १३ औं दिनको पूण्यतिथीको उपलक्ष्यमा उनको घर पुगेर श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । पूर्व राष्ट्रपति डा.यादव लगायत अन्य विशिष्ट व्यक्तित्वहरु महतोको घर पुगी परिवारजनसंग भेट गर्नुका साथै सम्वेदना प्रकट गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका ५ विश्रामपुरको चुरे क्षेत्र औरही नदीको किनारमा पाखैर, मलेसियन सखुवा, अमला, सखसाल प्रजातिका एक हजार विरुवा पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा रोपिएको हो । मृत्युपश्चात अन्तिम दिनमा भोज भतेर गर्ने परम्परालाई तोड्दै महतोको पूण्यतिथीलाई समाजमा एक उदाहरणको रुपमा चिनाउन बृक्षारोपन गरिएको हो ।

पर्यावरण जोगाउन आफ्नो ज्यानको आहुति दिएका दिलिप महतोको स्मरण र योगदान सँधैभरी जिवित रहोस् भन्ने धारणाले मिथिला नगरपालिका–५ मा रहेको औरहीबाबा सामुदायीक वनको ३ बिग्हा क्षेत्रफलमा बिभिन्न प्रजातिका एक हजार बिरुवाहरु रोपिएको छ ।

स्व.दिलिपको नाममा प्रतिष्ठान स्थापना

स्व.दिलिपको नाममा सहिद ओमप्रकाश पर्यावरण संरक्षण प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानको तदर्थ समितिको संयोजकमा संगम महतो रहेका छन् भने सदस्यहरुमा पशुपति महतो, लक्ष्मी कुमारी महतो, सुरेन्द्र महतो र बिरेन्द्र महतो छन् । त्यस्तै सल्लाहकार परिषदमा प्रदेशसभा सदस्य रामअशिष यादव, सुरेश शर्मा, सोम प्रसाद शर्मा र महेन्द्र महतो लगायतकाहरु रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]