इलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान पक्राउ गरेको हो ।
भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्रीमा सहयोग गर्ने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ गरिएको प्रहरी जवान यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगेको छ ।