About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
अभियन्ता सरोज रायको ठूलो सफलता : साउदीमा मृत्यु दण्डको सजाय पाएका धनुषाका उमेश यादव घर ल्याए

खोज केन्द्र बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर – पाकिस्तानी सहकर्मीको हत्या आरोपमा साउदी अरेबियामा मृत्यु दण्डको सजाय पाएका धनुषाका ३९ वर्षीय उमेश यादव मंगलबार नेपाल आइपुगेका छन् । समाजिक अभियन्ता सरोज राय यादबको लामो प्रयास पछि उमेस घर आएका हुन । 

बुधबार विहान उमेश त्रिभुवन विमान स्थलमा आइपुगेका हुन् । उनको जीवन रक्षाको निम्ति विगत २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले उनलाई बिहानै विमान स्थलमा स्वागत गरेका छन् ।

उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो । उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने आदेश अदातले दिएको थियो । वैदेशिक रोजगारीको शिलशिलामा धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश सन् २००६ मै साउदी पुगेका थिए । गएको केहि समय पश्चात विवादकै क्रममा पाकीस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि चलाएको थियो । जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो ।

उमेशलाई मृत्यु दण्डको सजाय भन्ने समाचार दुईवर्ष अघि समाचार सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति अघि बढेका थिए ।

अभियन्ता रायले दुईवर्षदेखि ब्लडमणिको लागि चन्दा संकलन गरी परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गुहार गरेका थिए । मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमणि लगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए । उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि समेत दिएका थिए ।

उमेशलाई स्वागत गर्दै सरोज रायले भने ‘ जुन उद्देश्यले हामी २ वर्षदेखि निरन्तर अभियानमा लागे । आज उमेश नेपाल आइपुगेका छन् । उमेशलाई हार्दिक स्वागत छ नेपालमा ।’

उमेशले पनि आफुलाई जीवन रक्षा गरिदिएकोमा अयिभन्ता राय, पाकिस्तानी मृतक परिवार र सम्पूर्ण सहयोगीप्रति अभार प्रकट गरेका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]