बारा- शौच गर्न रातिको समयमा घर बाहिर निस्केकी बारा रौवाहीका एक महिला वडा सचिवबाट बलात्कृत भएकी छिन् ।
देवताल गाउँपालिका ६ का वडा सचिव रहेका रौवाहीकै बलिराम मण्डलाई ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ। घटना आइतबार भएको थियो ।
घरबाट निस्केर गाउँ बाहिर शौच गर्न जाँदै गर्दा मण्डलले ती महिलालाई नजिकै रहेको उखुबारीमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताएका छन्।
वडा सचिव मण्डलले ती महिलालाई जर्बजस्ती करणी गरेको जानकारी पाए लगतै प्रहरीले मण्डललाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको मिश्रले बताए।
घरमा शौचालय नहुँदा रातिको समयमा घर बाहिर निस्कने महिलाहरु बालत्कारको सिकार हुने गरेको घटनाहरु पटक पटकमा सार्वजनिक हुँदै आएको छ।