About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
हेटौंडा सिमेन्ट उद्योगको जग्गा लिने तयारीमा प्रदेश सरकार

खोज केन्द्र बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

बागमती प्रदेश सरकारले आफ्ना मन्त्रालयका भवन निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको जग्गा लिने तयारी थालेको छ ।

हेटौंडा–९ लामसुरे हाइटमा रहेको हेटौंडा सिमेन्ट उद्योगको जग्गामा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालयका भवन बनाइने भएको छ । मन्त्रालय स्थापनाका लागि सिमेन्ट उद्योगको पर्याप्त जग्गा भए पनि उद्योगको नाममा जग्गा भएकोले प्रदेश सरकारको नाममा ल्याउने प्रक्रिया शुरू गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

‘प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएपछि प्रदेशका मन्त्रालय निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया शुरू गरेका हौं,’ मुख्यमन्त्री पौडेलले भने । हाल कायम मन्त्रालय÷कार्यालय राख्न समस्या भएकाले जग्गा खोजी भइरहेको उनको भनाइ छ ।

उनका अनुसार मन्त्रालयका लागि जग्गा पहिचान गर्न विशेष टोली परिचालन गरिएको छ । यस्तै सिमेन्ट उद्योगको जग्गा प्राप्तिका लागि पहल भइरहेको उनले बताए ।

हाल मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालय फरक स्थानमा छन् । अब एउटै स्थानमा सबै मन्त्रालय र प्रदेशसभा भवन निर्माण गर्नेगरी काम थाल्ने तयारी भएको छ ।

सबै मन्त्रालय निर्माणका लागि डीपीआर निर्माण गर्ने, तयारी थाल्ने र काम आगामी आर्थिक वर्षको बजेटमार्फत गराउने तयारी भएको मुख्यमन्त्री पौडेलले बताए ।

बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा तोकिएसँगै अब प्रदेशसभा र प्रदेश सरकारका स्थायी भौतिक संरचना बनाउन हतार बढेको हो । प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय र मन्त्रालय अन्तर्गतका निर्देशनालयको भवन निर्माणलाई प्राथमिकता दिइने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

‘पहिले हेटौंडामा भएका संरचनामा साँघुरोसँग बसेका मन्त्रालय लगायत निकायका लागि भवन बनाउन लागिएको हो,’ उनले भने । हाल आर्थिक मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, कृषि मन्त्रालयमा पर्याप्त कार्यकक्ष नहुँदा कर्मचारीलाई असहज भएको छ ।

पुराना संरचनामा बसेकाले केही मन्त्रालयमा वर्षायाममा पानी चुहिने, साँघुरा कोठा, पार्किङ अभाव लगायत समस्या छन् । यस्ता समस्या समाधानका लागि अब बजेट सुनिश्चित गरेरै संरचना निर्माण थालिने भएको छ ।

सकेसम्म अहिले भइरहेका जग्गा र संरचना समेत उपयोग गर्नेगरी थप स्थायी संरचना निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री ढुंगेलले बताए ।

स्थायी राजधानी तोकिएपछि प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न बाटो खुलेको हो । २ वर्षसम्म प्रदेश सरकारले आप्mना लागि स्थायी संरचना निर्माण गरेको छैन । पहिलेकै संरचनाबाट सरकारले कार्यसम्पादन गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]