About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
‘रेलसेट’ जनकपुर आइपुग्न १५ दिन लाग्ने, जनकपुर-जयनगर रेल सञ्चालन हुन अझै एक महिना लाग्ने

खोज केन्द्र बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । नेपाल धनुषा कुर्थादेखि भारत जयनगरसम्म रेल सञ्चालन हुन अझै महिना दिन लाग्ने भएको छ । ‘रेलसेट’ आउन अझै तीन साताबढी लाग्ने भएको छ ।

नेपालबाट सञ्चालन गर्न लागिएको ‘रेलसेट’ १० दिनपछि भारतबाट पठाइने भएको हो । सो ‘रेलसेट’ झन्डै १५ दिनमा नेपाल आइपुग्नेछ । सरकारले भारतको कोनकान कम्पनीमार्फत ‘रेलसेट’ खरिद प्रक्रिया अघि बढाएको हो । पा“च डिब्बा भएको दुई ‘रेलसेट’ खरिद गरि“दै छ ।

रेल विभागले ‘रेलसेट’ आइपुग्नेबित्तिकै सञ्चालन तयारी भइरहेको जनाएको छ । यो सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने बताइएको छ ।

नेपालमा ‘रेलसेट’ आएपछि त्यसको जाँच हुनेछ । सम्झौताअनुरूप भए त्यसपछि सञ्चालन हुने विभागले जनाएको छ । उसका अनुसार आगामी फागुनसम्ममा रेल सञ्चालन गर्ने तयारी जारी छ ।

भारतबाट ‘रेलसेट’ ल्याउने तयारी भइरहे पनि लिक, स्टेसनलगायतका भौतिक पूर्वाधार कार्य भने सम्पन्न भएको छ । नेपालमा पहिलो चरणमा एकसेट मात्र आउनेछ भने त्यसको एक महिनापछि अर्को आइपुग्ने विभागले जनाएको छ । विभागका अनुसार एउटा रेलको क्षमता १ हजार ३ सयसम्म यात्रु बोक्न सक्ने हुनेछ

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]