About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाख बढ्ने, ४७ करोड मानिस प्रभावित

खोज केन्द्र बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाख बढ्ने प्रक्षेपण गरेको छ । सोमवार सार्वजनिक गरिएको प्रतिवेदनले झण्डै ५० करोड मानिसले चाहेजति समय काम गर्न नपाउने वा मन लागेको जस्तो काम नपाउने देखाएको हो । अहिले विश्वभर १८ करोड ८० लाख मानिस बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख छ । १६ करोड ५० लाख मानिसले चाहेजति काम गर्न पाएका छैनन् । त्यस्तै १२ करोड मानिसले विकल्प नभएको कारण मन नपरेको काममा चित्त बुझाएर बसेका छन् । समग्रमा ४७ करोड मानिस प्रभावित बनेका छन् ।

प्रतिवेदनमा पछिल्लो ९ वर्षदेखि विश्वको बेरोजगारी स्थिर रहँदै आएको उल्लेख छ । पछिल्लो समय विश्व अर्थतन्त्र सुस्ताइरहेकाले  रोजगारीमा त्यसको असर देखिएको हो । अर्थतन्त्र सुस्ताउनुको अर्थ पर्याप्त मात्रामा रोजगारी सृजना हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । आईएलओका निर्देशक गाइ रेडरले सामान्य मानिसका लागि आफ्नो कामबाट जीवनस्तरमा सुधार गर्न निकै कठिन हुँदै गएको बताएका छन् ।

आईएलओले सन् २०२०/२१ मा विकासशील मुलुकमा काम गरेर पनि चरम गरीबी (दैनिक ३ डलर २० सेन्टभन्दा कम आम्दानी गर्नेहरू) बढ्दो क्रममा रहेको बताएको छ । यो दिगो विकासको लक्ष्य हासिल गर्न बाधक बन्नसक्ने बताइएको छ । अहिले विश्वभर ६३ करोड मानिस यस्तो गरीबीमा छन् । विश्वभर १५ देखि २४ वर्ष उमेर समूहका २६ करोड ७० लाख युवा बेरोजगार छन् । एजेन्सी

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]