About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
पप्पु/सञ्जीबनीको लापरबाहीले चार वर्षमा २० प्रतिशत मात्र काम, गुणस्तरहीन भएको भन्दै निर्माण कार्यमा रोक

खोज केन्द्र मंगलबार, माघ ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

उदयपुर । गिदेरी खोलामा निर्माणाधीन मोटरेबल पक्की पुलमा गुणस्तरहीन भएको भन्दै बेलका नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ । मोटरेबल पक्की पुलको पिलरमा प्रयोग हुने सामाग्री गुणस्तरहीन पाइएपछि निर्माण कार्यमा रोक लगाउनु परेको नगरप्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।

निर्माण सम्पन्न हुने समयमा भर्खर निर्माण थालिएको मोटरेबल पुलको एउटा पिलर जमिन मुनिको १३ मिटर ढलान भई जमिनको सतहमा डेढ मिटर उचाइको गोलो ढलान गर्ने क्रममा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण डेढ मिटरको उचाईमा ३ ईन्चको पुवाल परेर पानी निस्किएपछि नगरपालिकाले निर्माण कार्य रोकेको हो ।

उदयपुरको बेलका नगरपालिका– ३ स्थित गिदेरी खोलाको पक्की पुल निर्माण कम्पनीको लापरबाहीले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल अलपत्र परेका छन् । पुल निर्माण कम्पनीको लापरबाहीले चार वर्षमा २० प्रतिशत मात्र काम भएको छ । पुल निर्माण कार्य पप्पु÷मृत सञ्जिबनी निर्माण सेवा प्रा.लि.ले लिएको छ ।

पप्पु/सञ्जीबनी निर्माण सेवा प्रा.लि. हेटौडाले (जेभी) मा कामको जिम्मा लिएको बेलका नगरपालिका– ३, ठोक्शिलास्थित गिदेरी खोलामा निर्माणाधीन पक्की पुल लापरबाहीका कारण ४ वर्षदेखि अलपत्र परेको हो । बेलका नगरपालिका– ३ को सातपत्रे र रातापानी बीचको गिदेरी खोलामा निर्माणाधीन २ सय १८ मिटर लामो पक्की पुलको निर्माण पप्पु÷मृत सञ्जीबनी जेभी बानेश्वरले जिम्मा लिएका छन् । ७ वटा आरसीसी बेल फाउन्डेशन र ६ स्पामको सो पुल ४ वर्ष बित्न लाग्दा पनि २० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । पुल बनाउने गरी पप्पु÷सञ्जिवनीले २०७१ मा डिभिजन सडक कार्यालय लाहानसँग सम्झौता गरेका थिए । तर, ३ वर्षभित्र अर्थात ०७४ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्नेगरी १३ करोड ३९ लाख ६७ हजार ४ सय ७९ रुपैयाँमा निर्माणको जिम्मा लिएको पुलको काम म्याद सकिदा सम्म ५ प्रतिशत मात्र गरेर गैरजिम्मेवार देखाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

तोकिएको म्याद सकिएपछि १ वर्षको म्याद थपेर अहिले १५ प्रतिशत पुलको काम गरेपछि बल्ल २० प्रतिशत काम भएको छ । ४ वर्ष बितिसक्दासम्म पुल बन्ने अत्तोपत्तो नहुँदा बेलकाबासी स्थानीयका साथै सो नाका भएर हिड्ने सप्तरी–उदयपुर खण्डमा पर्ने गिदेरी खोलाले वर्षेनी स्थानीयबासी पीडित हुँदै आएका छन् । बेलका नगरपालिकाको केन्द्र रामपुर आउजाउ गर्न नगरपालिकाका १, २, ३ र ४ नम्बर वडाबासीलाई हरेक वर्षायाममा समस्या झेल्नु परेको स्थानीयबासीको भनाई रहेको छ । पुल नबन्दा भागलपुर, तपेश्वरी, बानडाँडा, जगन्ना, भासी, रातापानी, पुरन्दह, बेल्हा, करैया, गलफडिया, आम्बासी लगायत झण्डै दर्जन हाराहारी गाउँबस्तीबासी वर्षायाममा नगरपालिका केन्द्र आउजाउँ गर्न समस्यामा पर्ने गरेको बताए ।

२०७१ असारमा ठेक्का सम्झौता गरेको कम्पनी त्यस लगत्तै पेश्की लिएर निर्माण कम्पनी बेपत्ता भएकाले काम ढिला भएको हो । ०७४ चैतसम्म ५ प्रतिशत मात्र काम गरेको कम्पनीले ०७५ लागेपछि धमाधम काम गरे जस्तो गर्दा बल्ल २० प्रतिशत पुगेको र साउन लागेपछि राजनीतिक दबाबमा १ वर्षको म्याद थप्न सफल भएको स्थानीयबासी नारद निरौलाले बताए । तर, हतारमा काम गरे जस्तो गरेर कम्पनीले पुलमा गुणस्तरहीन सामान प्रयोग गर्न खोजेपछि स्थानीयले निर्माणाधीन बेल फाउण्डेशनका पिलर पटक पटक रोकेका थिए ।

स्थानीयको अबरोधपछि काम रोक्ने बहाना पाएको कम्पनीले अहिलेसम्म थप काम नगरेको प्राबिधिक रेखदेखको जिम्मा पाएको डिभिजन सडक कार्यालय लाहानकले जनाएको छ । कम्पनीले पुलको ठेक्का लिए यता २ करोड १५ लाख भन्दा बढी भुक्तानी भने लिइ सकेको छ । ठेकेदारको चरम लापरबाहीले समयमा नबनेको सो पुलको शिलान्यास भने नेताहरूको स्वार्थका कारण २ पटक गरिएको स्थानीयबासीको गुनासो रहेको छ ।

पुल नबन्दा सबै भन्दा बढी वर्षायाममा आउने खोलाको बाढीले बिरामीलाई उपचारबाट बञ्चित हुने गरेको छ । स्थानीयहरू बिरामी पर्दा सामान्य उपचारका लागि रामपुरसम्म लान बाढीले रोक्ने हुँदा पुल छिटो बनोस् भन्ने चाहेको स्थानीयबासीको आग्रह गरेको छ । १५ किलोमिटर टाढा रहेका पुरन्दह, करैया, बेल्हा, गलफडिया लगायत २ र ३ नम्बर वडाबासी नगरपालिका कार्यालय पुग्न पुल नबन्दा बाढीले प्रभावित हुने गरेको स्थानीयबासी तथा साविकको रामपुरठोक्सिला गाविसका पूर्व अध्यक्ष डिल्ली बिमलीले जानकारी दिए ।

पुल नबन्दा वडाबासीहरू नगरपालिका कार्यालय पुग्न नदाहा–कन्चनपुर खण्डको शनिबारे–सुपाडे–लालबजार–गुरुङचौरी हुँदै ४० किलोमिटर पार गरेर नगरपालिका पुग्न बाध्य रहेको वडा सदस्य कुमार अधिकारीले बताए । पुल बन्यो भने हामीलाई १५ किलोमिटर दूरीको नगरपालिका पुग्न पैदल १ घण्टा, मोटरसाइकलमा १५ मिनेट लाग्छ’ उनले भने ‘तर, ठेकदारको लापरबाहीले पुल नबन्दा ४० किलोमिटर दूरी घुमाउरो सडक पार गरेर रामपुर पुग्नु पर्ने बाध्यता रहेको बताए ।

पुल निर्माणको जिम्मा पाएको पप्पु÷सञ्जिबिनि निर्माण सेवा प्रा.लि. हेटौडाका साईट ईन्चार्ज बिष्णु ओझाले पुल निर्माणको क्रममा बेल फाउण्डेशनका पिलरको जमिनको सतहमा गरिने डेढ मिटरको ढलानमा पुवाल भएको स्विर्कार गरेको छ । तर सो बेल फाउण्डेशनका पिलर जमिनको सतहमा गरिने ढलानमा देखिएको पुवाललाई अब फेरि गरिने ढलानबाट छोप्न सकिने भएकाले खासै समस्या नभएको ओझा बताउँछन । नगरपालिकाले काम गर्न रोकेको छ आवश्यक अध्यायनपछि निर्माण थालिने बिश्वास गरे ।

यता सडक डिभिजन कार्यालय लहानमा निमित्त कार्यालय प्रमुख नारायण थापाले भने बेल फाउण्डेशनका पिलरपछि जमिनको सतहमा गरिने ढलानमा यस्तो समस्या नआउनु पर्ने हो । तर पुवाल परेको जानकारी आएकाले कार्यालयबाट प्राविधिक पठाएर हेर्न लगाएको छु आफै पनि जान तयारी गरेको जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]