जनकपुरधाम, ७ माघ । पछिल्लो समय धनुषामा यौन ब्यापार ह्वातै बढेको छ । प्रहरी प्रशासन र होटलको मिलोमतोमा अबैध यौनक्रिया बढेको हो ।
धनुषाको लक्ष्मिनयाँस्थित एक गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडीलाई प्रहरीले पक्राउ गरेपछि धनुषामा यौन ब्यापार फस्टाएको पाईएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले लक्ष्मिनियाँ गाउँपालिका ४ सपहीस्थित मेन रोडमा सञ्चालनमा रहेको अमरज्योति लज एण्ड गेष्ट हाउसबाट ती जोडीलाई नियन्त्रणमा लिएको हो । यद्द्पी चौकीकै छेउमा रहेको रेष्टुरेन्ट बारमा निर्बाध रुपमा यौनजन्य गतिबिधि हुदै आएको स्थानिय ब्यापारीहरुको दाबी छ ।
ती महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारी नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । उनीहरुविरुद्व मानव बेचबिखन था ओसापसरा (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने प्रही निरीक्षक पप्पु नायकले जानकारी दिए ।
महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने उक्त लज एण्ड गेष्ट हाउसका सञ्चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक नायकले बताए ।
यति मात्र नभएर जनकपुरको शिब चौक, जनक चौक, भानु चौक, मिल्स एरिया, जिरोमाईल, पिडारी चौक, पुरानो बसपार्क सहित जिल्लाको ढल्केवर, लालग्ढ, बडहरी र महोत्तरीको बर्दिबासमा यौन ब्यापार हुंदापनि प्रहरीले थाहा नपाएजस्तो गर्दै आएको उनीहरुको आरोप छ ।