जनही ६ महिना कैद र २५ हजार जरिवाना
विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरलाई दोषी ठहर गरेको छ।
विशेष अदालतले मंगलबार डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।
विशेषले उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।
ती डाक्टरले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका थिए।