About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
ठगी गर्दै हिँड्ने नेकपाका प्रदेश सदस्य बाबुराम वीरगन्जबाट पक्राउ

खोज केन्द्र मंगलबार, माघ ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज । सत्तारूढ दल नेकपाका प्रवक्ता नाराकाजी श्रेष्ठ र अर्का नेता विश्वनाथ साहसँग हिमचिम छ भन्दै प्रहरीको असईमा जागिर लगाइदिने भनी युवालाई ठगी गर्दै हिँड्ने नेकपाका प्रदेश सदस्य पक्राउ परेका छन् । उनलाई पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको हो ।

पीडितले प्रमाणसहित किटानी उजुरी दिएपछि प्रदेश २ का प्रदेश सदस्य बाबुराम बैठा गत कात्तिकबाट फरार थिए । सोमबार बिहान भने वीरगन्जमा फेला परेपछि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा पर्ने व्यक्ति (नेता) पर्साको पोखरिया नगरपालिका–१ वनकटुवाका रामबाबु बैठा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । ‘उनी कुन तहका नेता हुन् ? भन्ने हामीलाई एकीन छैन तथापि राजनीतिकर्मी हो, यति हामीलाई थाहा छ,’ राठौरले राजधानीसँग भने । पर्साका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताले बैठा प्रदेश २ को प्रदेश कमिटी सदस्य रहेको पुष्टि गरे ।

रौतहटको  मौलापुर नगरपालिकाका प्रदीपकुमार साहले दिएको उजुरीका आधारमा बैठालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक (असई) मा जागिर लगाइदिने भनी पटकपटक गरी २ लाख नगद र ५ लाख आइएमईबाट गरी कुल ७ लाख बुझेर ठगी गरेको खुलेको छ । पीडित युवाले गत १ कात्तिकमा नै पर्सा प्रहरीमा उजुरी दिएका थिए । त्यसयता बैठालाई निगरानीमा राखिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

बैठाका सहयोगी सुनिल चौरसिया र ईसक कुमारलाई भने पर्सा प्रहरीले गत कात्तिकमा नै नियन्त्रणमा लिई अनुसन्धानपछि अदालतमा पेस गरेको थियो । पछि अदालतको आदेशले केही धरौटी रकम बुझाई उनीहरू छुटेका थिए ।

बैठाका सहयोगी पक्राउ परेपछि प्रदीपकुमार साहसँग असईमा जागिर लगाइदिन्छु भनी २ लाख नगद र ५ लाख आईएमईबाट रकम लिएको अझ प्रस्ट भएकाले अनुसन्धानका लागि बैठालाई नियन्त्रणमा लिनुपरेको पर्सा प्रहरीको भनाइ छ ।

ठगी प्रकरणमा लिखित उजुरी परेपछि सो मुद्दामा अनुसन्धानका लागि बैठालाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले बताए । वर्तमान कानुनअनुसार कसुर पुष्टि भए उनले सात वर्ष कैद र ७० हजारसम्म  जरिमाना तिर्नुपर्ने कानुनी प्रावधान देखिन्छ । ‘अनुसन्धान जारी रहेकाले अहिले नै यसै भन्न सकिन्न,’ शाहीले भने ।

पैसा पनि नदिने र जागिर पनि नलगाइदिने गरेका कारण तनावमा बुबा नारायणप्रसाद साहको पनि निधन भएको पीडित प्रदीपकुमार साहले गत २० कात्तिकमा नै पर्सामा पत्रकार सम्मेलन गरेर बताएका थिए । बैठाले २०७२ सालबाट जागिरमा लगाइदिन्छु भन्दै पार्टीका नेता नारायणकाजी श्रेष्ठ र अर्का नेता विश्वनाथ साहसँग कुरा भइरहेको बताउने गरेका थिए ।

‘उहाँहरूकै कोटामा तिमीलाई जागिर लगाउने हो’ भन्दै आश्वासन दिएको पीडितले बताए । पछि पैसा पनि नदिने काम पनि नलगाइदिने गरेर केही पार नचलेपछि प्रहरीमा उजुरी दिएको पीडित प्रदीपकुमार साहले राजधानीसँग बताए । तपाईंहरूको पनि सहयोग चाहियो भनी उनले गत २० कात्तिकमा पर्साका सञ्चारकर्मीसँग पनि सहयोगको याचना

गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]